डोल्पामा जिल्ला समन्वयको निर्वाचन नहुने !

दुनै(डोल्पा) १६ श्रावण
२० श्रावणमा हुने जिल्ला समन्वय समिति डोल्पाको निर्वाचन नहुने भएको छ ।
जिल्ला समन्वयको निर्वाचनमा निर्वाचितहुने संयोजक,उप–संयोजक लगाएत नौ सदस्यीय समिति सबै निर्वाचन अगावै निर्विरोध निर्वाचित भईसकेकाले २० श्रावणमा डोल्पामा निर्वाचन नहुने नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य हंश बहादुर शाहीले जानकारी दिनुभयो ।
शाहीका अनुसार एमालेको तर्फबाट संयोजकमा काईके गाँउपालिकाका शेरबहादुर बुढा,उप–संयोजकमा ठुलीभेरी नगरपालिकाका एमालेकै नरबहादुर बुढा,सदस्यहरुमा ठुलीभेरी नगरपालिकाबाट एमालेकै क्रमश रामप्रसाद महत देवालक्ष्मी रोकाय, प्रेमलाल बिक,त्यसैगरि एमालेबाटै त्रिपुरा सुन्दरी नगरपालिकाबाट देबी घर्ती,एमालेबाटै मुड्केचुला गाँउपालिकाबाट माया ठकुल्ला,एमालेकै काईके गाँउपालिकाबाट मैन ठकुल्ला र सोही नगपालिकबाट राप्रपाबाटै चन्द्रबुढा निर्विरोध निर्वाचित भएकाहुन् ।
निर्विरोध निर्वाचित प्रतिनिधिहरुलाई सोमबार सदरमुकाम दुनैमा आ–आफ्ना पार्टीका प्रतिनिधि तथा शुभ चिन्तकहरुले बाजागाजा सहित भव्य स्वागत गरेका थिए।
भौगोलिक बिकटताकाले सदरमुकामसम्म आउन समय अभाव भएकाले उपल्लो डोल्पाको डोल्पो बुद्ध,छार्का ताङसोङ,शे–फोक्सुन्डो तथा तल्लो डोल्पाको जगदुल्ला गाँउपालिका प्रतिनिधिहरुलाई समावेश गर्न नसकिएको केन्द्रिय सदस्य शाहीले जानकारी दिनुभयो ।
सोमबार मात्रै सदरमुकाम दुनैमा आयोजित बिशेष कार्यक्रमका बिच स्वतन्त्रबाट निर्वाचित भएका डोल्पो बुद्ध गाँउपालिकाका अध्यक्ष पेम्बा गुुरुङ्ग एमालेमा प्रवेश गरेको शाहीले बताउनुभयो ।
डोल्पाका आठ वटै स्थानीय तहमा एमालेबाट प्रमुख तथा उप–प्रमुख लगाएत स्थानीय प्रतिनिधिहको बहुमत रहेको छ ।

भेरीखवर संवादाता





error: Content is protected !!