मृत्युको मुखमा पुगेकी आशा सार्किको सेनाको हेलिकोप्टरबाट रेस्क्यु

दुनै(डोल्पा)  १४ श्रावणमा ठुलीभेरी नगरपालिका अन्तर्गत सुलिर्गाडमा गिट्टी कुट्दै गरेको बेलामा ढुङ्गा लागेर रुकुम जिल्ला गोतामकोट ५ की आशा सार्किको खुट्टाभाचिएको थियो ।
दाँया खुट्टामा ढुङ्गा लागेर गम्भिर घाईते भएकी आशाको आज विहानै सेनाको हेलिकोप्टर बाट उपचारको लागि सुर्खेत लगिएको हो ।
१४ श्रावण दिउसो २ बजे तिर गिट्टि कुटिरहेको बेलामा ढुङ्गा लागेर आशाको दाँया खुट्टा भाँचिएपछि उनी शक्त घाईते भएकी थिईन् ।
रगत धेरै बगेपछि उनको उपचार जिल्ला अस्पतालमा सम्भव नदेखिएकाले थप उपचारका लागि सेनाको हेलिकोप्टबाट जिल्ला बाहिर लगिएको निमित्त प्रमूख जिल्ला अधिकारी मानबहादुर बुढाले जानकारी दिनुभयो ।
गृह मन्त्रालयमा गरेको अनुरोध पछि सर्खेतबाट हेलिकोप्टर आउन तयार भएपनि मौसममा आएको खराविका कारण दुई दिन देखि सेनाको हेलिकप्टर डोल्पा आउन सकेको थिएन् ।

भेरीखवर संवादाता

 





error: Content is protected !!