प्रसूति गराउन अस्पताल पुग्छन्, तर जीउँदो फर्किंदैनन् महिला

कालिकोट ,राष्कोट नगरपालिका –६ की ३८ वर्षीया गौरीकला फर्साल शुक्रबार प्रसूतिका लागि कालिकोट जिल्ला अस्पताल पुगिन् । तर, अस्पतालमा प्रसूति हुन सकेन । अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले उनलाई कर्णाली अञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गर्यो । राचुली पुग्दा नै उनको ज्यान गयो ।
‘‘।
५ साउनमा प्रसूति गराउन जिल्ला अस्पताल भर्ना गरिएकी राष्कोट नगरपालिका –७ की मनशोभा विकको पनि अस्पतालमै मृत्यु भयो । स्वास्थ्यअवस्था गम्भीर बन्दै गए पनि अस्पतालले उनको ज्यान जोगाउन सकेन ।
‘‘।
२६ असारमा कालिकोटकै चिलखायाकी हरिशोभा सुनार पनि प्रसूति गराउन जिल्ला अस्पताल भर्ना भएकी थिइन् । तर, उनी पनि जीवित फर्किन पाइनन् । जिल्ला अस्पतालमा प्रसूति हुन नसकेपछि हेलिकोप्टरबाट नेपालगञ्ज पुर्याइयो तर, अत्याधिक रक्तश्रावका कारण उनको ज्यान गयो ।
कालिकोट जिल्ला अस्पतालको अप्रेसन थिएटर । अप्रेसन थिएटर बन्द हुँदा पछिल्लो तीन सातामा प्रसूति गराउन पुगेका तीन महिलाको ज्यान गएको छ ।
पछिल्ला तीन साताका यी तीन घटनाले कालिकोट जिल्ला अस्पतालमाथि आममानिसको विश्वास गुम्दै गएको छ भने प्रसूति गराउन अस्पताल पुग्ने महिला जीवित फर्किंदैनन् भन्ने नकारात्मक धारणा विकास हुँदै गएको छ ।
जिल्ला अस्पतालमा सामान्य र जटिल प्रकारका अप्रेसन गर्न स्थापना गरिएको अप्रेसन थिएटर दुई महिनादेखि बन्द हुँदा प्रसूति गराउन आउने महिलाको धमाधम ज्यान जान थालेको हो । यसो हुनुमा अस्पताल व्यवस्थापनको गम्भीर लापरबाही देखिएको छ ।
अप्रेसन थिएटर मर्मत गर्न ठेक्क लगाउँदा उपकरणहरू सुरक्षित गर्न पटक्कै ध्यान दिएन । अहिले ति उपकरण चुना, सिमेन्ट, बालुवा र धुलोले भरिएरका छन् । जसका कारण सुविधासम्पन्न भनिएको अस्पतालमा प्रसूति गराउन पुग्ने महिलाको ज्यान जान थालेको छ ।
अस्पतालमा कार्यरत डा। महेश्वर गोसाईले अप्रेसन थिएर बन्द रहेकै कारण कतिपय विरामीलाई रिफर गर्नुपरेको बताए । ‘शनिबार मृत्यु भएकी राष्कोट नगरकी महिला अस्पताल आइपुग्दा बच्चा आमाको तल्लो पेटमा झरिसकेको थियो । तर, रक्तश्राव भएको थिएन भने अरु समस्या पनि थिएन,’ डा। गोसाईंले भने, ‘अप्रेसन थ्रियटर बन्द रहेकै कारण स्वास्थ्यकर्मीले उनलाई जुम्ला रेफर गरे । तर, जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्सले तेल छैन भन्यो । बिरामीका आफन्तले अर्को गाडी खोज्नै तीन घण्टा लाग्यो । त्यतिन्जेल बिरामीको अवस्था झन जटिल बनिसकेको थियो । जसका कारण बाटोमै मृत्युभयो ।’
संविधानले स्वास्थ्यअधिकारलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरे पनि व्यवहारमा कर्णालीबासी नागरिक स्वास्थ्यउपचारबाट बञ्चित हुँदै आएका छन् । सरकारले महिला र बालबालिकाको स्वास्थ्य संवेदनशीललाई गम्भीरतापूर्वक लिएको बताउँदै आएको छ । त्यसोतः विकटक्षेत्रमा सुन्य होमडेलिभरी अभियान तथा साबिकका सबै गाउँविकास समितिमा बर्थिङ सेन्टर स्थापना गरेको छ । तर, कर्णालीमै एक मात्र सुविधा सम्पन्न भनिएको अस्पतालमा यस्तो लापरबाही हुँदा अकालमा ज्यान गइरहेको छ ।
नयाँ पत्रिका










