एमालेका शेरबहादुर बुढा समन्वय समितिको संयोजक निर्वाचित

दुनै(डोल्पा) १५ श्रावण
श्रावण २० गते हुन गईरहेको जिल्ला समन्वय समितिको निर्वाचन अगावै एमालेका शेरबहादुर बुढा जिल्ला समन्वय समितिको संयोजकमा निर्विरोध निर्वाचित भएकाछन् ।

जिल्लाका शिर्ष नेताहरुको झन्डै एकसाताको ब्यापक छलफलपछि बुढा एमालेको तर्फबाट निर्विरोध संयोजकको रुपमा सर्वसहमत निर्वाचित भएको एमाले बैकल्पिक केन्द्रीय सदस्य हंश बहादुर शाहीले जानकारी दिनुभयो ।

डोल्पाका आठवटा स्थानीय तह मध्ये १० जना प्रमुख तथा उप–प्रमुख एमालेकै भएकाले संयोजकको रुपमा बुढालाई अग्रिम घोषणा गरिएको र भोली भित्र उप–संयोजक पनि घोषणा गरिने शाहीले जानकारी दिनुभयो ।

उप–संयोजकमा १२ श्रावणमा नै नरबहादुर बुढाको नाम टुङ्ग्याई पनि संयोजक वा उप–संयोजक मध्ये केन्द्रले एकजना महिला अनिवार्य भनेपछि बुढालाई नै घोषणा गर्ने कि महिला प्रतिनिधि छनोट गर्ने भन्ने बिषयमा अन्योल कायम रहकाले भोली भित्र छनोट गरेर घोषणा गरिने बैकल्पिक केन्द्रीय सदस्य शाहीले जानकारी दिनुभयो ।
भेरीखवर संवादाता




सम्बन्धित समाचार


error: Content is protected !!