दुई करोड सकियो तर अस्पतालको छाना चुहिदा उपचारमा शास्ती

जाजरकोट । जाजरकोट जिल्ला अस्पताललाई शैया थप गरि ५० शैया वनाईए संगै वजेट पनि थपिएको कुरा अस्पताल प्रशाषणले पत्रकार भेटघाट कार्यक्रम गरेर केही महिना अगाडी सार्वजानिक गरेको थियो । प्रस्तुत गरिएको मार्ग चित्रमा अस्पताललाई क्षमता विस्तार ,भौतिक पुर्वधार लगाएतका काम गर्ने भनिएको थियो ।
दुई करोड रकम खर्च भएपनि अस्पतालको मुहार भने जहाँको त्यही रहेको अस्पतालका कर्मचारीहरु वताउन थालेका छन् । कमिसन खेलमा लागेर काम प्रभावकारी नगरेर , विरामी जाँच
का लागि ल्याईएको ओटी अप्रेसन थियटर मेसिन समेत गुणस्तर नभएको भन्दै डाक्टरले नै प्रयोग गर्न अस्विकार गरेपछि अस्पताल प्रशाषण नै समस्यमा परेको छ । यस्ता खालका कार्यहरु सार्वजानिक भएपछि अस्पतालमा आएको रकम कसरी खर्च भएको रहेछ भनी वुझन धेरै टाढा जाँनु नपर्ने एक डाक्टरले नाम नवताउने सर्तमा उल्लेख गरेका छन् । अस्पतालको रंग,रोगनका लागि आएको १६ लाख रुपैयाको काम वालुवामा पानी हाले जस्तै भएको एक डाक्टरले वताए । रंग प्रयोग नगरि चुना र गेरुमाटोले मात्र काम सकाएर काम ठगेको डाक्टरले वताएका छन् । जिल्ला अस्पतलालाई प्रभावकारी सेवा दिनका लागि विशेषज्ञ डाक्टर राख्ने भनेर आएको रु ३० लाख रुपैया समेत डाक्टर नै नराखि फिर्ता भएको छ ।
त्यस्तै अस्पतालवाट निक्लिने विभिन्न फोहोरहरु नष्ट गर्नका लागि खाल्डो निर्माण नगर्दा अस्पतालमा समस्य उत्पन्न भएको पाईएको छ । अस्पतालवाट निक्लिएको फोहोर नष्ट गर्न ईन्सिनेटर प्रयोग गर्नुपर्ने भएपनि जथाभावी फोहोर फाँकिदा दुगन्ध फैलिएको हो । अस्पतालको छाना मर्मत नहुँदा ईन्डोर, अस्पतालको औषधी राख्ने स्टोर , ईमरजेन्सी कक्ष , सुत्केरी कक्षमा समेत पानि चुहिएर निकै समस्य भएको डाक्टरले वताएका छन् । अस्पताल मर्मतका लागि आएको रकम सहि ठाउँमा प्रयोग नहुँदा समस्या आएको डाक्टरहरु वताउन थालेका छन् । जाजरकोटका नागरिक अगुवा , पत्रकार ,राजनैतिक दल कोही पनि यो विषयमा वौलदैन् , यो कसको दायित्व हो , हामी कर्मचारी कसरी वोल्नु एक डाक्टरले वताएका छन् ।










