जाजरकोटमा रातारात १० लाखको औषधी जलाएर नष्ट गाउँमा जाने औषधी जिल्लामै थन्क्याएर म्याद गुर्जेपछि जलाईयो इन्सिनेटरमा जलाउने औषधी जथाभावी वातावरण नै प्रदुशित


बद्री पन्त
जाजरकोट , जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटले गाउँका स्वास्थ्य संस्थाहरुमा पठाउने औषधी जिल्ला सदरमुकाममै थन्क्याएर म्याद गुर्जेपछि बाताबरण प्रदुषीत हुने गरि जलाएको छ । गाउँमा जाने औषधीलाई लामो समयसम्म जिल्ला जनस्वास्थ्य कार्यालयको स्टोर गरेर राखेपछि औषधीको म्याद गुर्जे पछि जलाएर नष्ट गरेको हो ।
क्षेत्रीय मेडिकल स्टोर सुर्खेत र जिल्ला जन स्वास्थ्य कार्यालयको मिलोमतोमा बिहिवा
र राती कसैलाई जानकारी नहुने गरी अस्पतालको हाता भित्रै बाताबरण प्रदुषण हुनेगरी औषधी जलाएको हो । दुई दिनसम्म जलेर नसकिएको म्याद गुर्जेको औषधीहरुमा अल्वेण्डाजोल ४ हजार ८ सय ट्याब्लेट, इन्जेक्सनमा कलोराफेनामिन ३ हजार १ सय, इन्जेक्सनमा डम्पेरिडम २ हजार ८ सय, इन्जेक्सनमा मेट्रो ५ हजार ५ सय ३१, ट्याब्लेटमा जिङ चक्की २१ हजार, ट्याब्लेटमा एमोक्सी १९ हजार, सिरफमा सालबुटामोल ५३ पिस, ट्याब्लेटमा बी कमप्लेक्स २ हजार सय, सिरफमा सिफिजन २ हजार ५ सय, कण्डम ९४ हजार पिस, ट्याब्लेटमा रेसोनल ४८ हजार पिस, ट्याब्लेटमा फ्रुसेमाइड ५ हजार ५ सय पिस लगाएतको औषधी नस्ट गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका स्टोर किपर लमवहादुर खड्काले बताउनु भयो । जिल्ला अस्प्ताल तथा स्थानीय स्वास्थ्य सस्थाहरुमा उक्त औषधीहरु नष्ट गर्न नपाइने भएपनि औषधी ब्यवस्था विभाग काठमाडौं पुरयाउन भाडा लाग्ने भन्दै यतै जलाइएको स्टोर किपर खड्काको भनाइ रहेको छ ।
अस्पतालको हाता भित्रै औषधी जलाउदा अस्पतालमा आएका विरामी, अस्पतालका कर्मचारी र अस्पताल वरपरका स्थानीयलाई यसको गन्धले असर गरेको बताएका छन् । कार्यालयले १० लाख बढी मुल्यको औषधी रातारात जलाइएको अस्पतालका एक कर्मचारीले नाम नबाताउने शर्तमा बताए । म्याद गुज्रेका भन्दै अस्पतालको स्टोरमा रहेका औषधीहरु जलाइएको उनको आरोप छ । अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३४ स्वास्थ्य संस्थामा औषधीको चरम अभाव भइ रहने गर्दछ । कार्यालयको चरम लापरवाहीका कारण संधै औषधी थन्क्यार राख्ने र अन्तिममा आएर जलाएर नष्ट गर्ने गरेको छ ।
सधै जसो महामारीको प्रकोप भइरहने र औषधीको अभाव भइरहने जिल्लामा ठुलो मात्रामा औषधी जलाउनु निकै दुखद कुरा भएको नेपाल कम्युनिष्ट पाटीका जिल्ला नेता डम्बर सिंहले वताउनु भयो । जिल्ला अस्पतालमा औषधी खरिद गर्दा कर्मचारी र औषधी विक्रेताको मिलेमतोका कारण जिल्लामा यति ठुलो मात्रामा औषधीको म्याद सकिएको नेता सिंहको आरोप छ । समयमै गाउका स्वासथ्य सस्थाहरुमा आवस्यक औषधी अभाव हुने गरेपनि ठुलो मात्रामा जिल्लामा म्याद गुज्रेका औषधीहरु थुप्रिने छ ।
निनित्त जन स्वास्थ्य प्रमुख रामपुकार शाहले भने जथाभावी औषधी जलाउनु भन्दा समयमा गाउँमा पठाएको भए राम्रो हुने थियो किन औषधी जलाईयो मलाई थाह भएन । जथाभावि औषधि जलाउदा यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने बताउनु भयो । ७५ जिल्लामा काही पनि म्याद गुर्जेको औषधी नष्ट गर्न नपाइने हो शाहको भनाइ छ । यस्तो औषधी नष्ट गर्ने काम औषधी व्यवस्था विभागको हो । यसलाइ १२ सय तापक्रम दिएर इन्सिनेटरमा राखेर नष्ट गर्नु पर्ने व्यवस्था रहको छ । इन्सिनेटर किन्न १८ लाख मुल्य पर्छ शाहले बताउनु भयो ।

२०७२ सालमा सरकारले १५ शैयाको अस्पतालाई ५० शैयामा विस्तार गरेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयवाट छुटिएको जाजरकोट अस्पतालमा अहिले खटपट देखिएको छ । ब्यबहारिक हिसावले विगत तीन महिना पहिला देखि जाजरकोट अस्पतालले कुनै पनि काम जनस्वास्थ्य कार्यालयसंग नगरेको जाजरकोट अस्पतालका निमित्त प्रमुख डा. धर्मराज रेग्मीले वताउनु भयो । अस्पतालमा उपचार गराउन आएका विरामीहरुलाई कहिले काही अस्पतालमा नभएको औषधी उपचार गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालयसंग माग्दा पनि जिल्ला जनस्वास्थ्य कार्यालयले नदिने गरेको समेत निमित्त प्रमुख डा. रेग्मीको भनाइ छ । जनस्वास्थ्य कार्यालय र अस्पतालसंगै हुदा निर्माण भएका भवन र गाडी समेत जनस्वास्थ्य कार्यालयले अस्पताल प्रयोजनमा प्रयोग गर्न समेत रोक लगाएको छ । जाजरकोट अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय बिच चिसिदै गएको सम्बन्धलाई मिलाउनका लागि भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्ती सहित टोली बसेर समस्या समाधानको बाटो खोजे पनि निकास निस्कीएको छैन ।
फोटो क्याप्सन ः अस्पतालको हाता भित्रै रातारात जलाउदै गरेको औषधी । तस्बीर ः बद्री पन्त










