वालक खोलमा वगेर वेपता

जाजरकोट । सुक्रवार विहान जाजरकोटको वारेकोट गाउँपालिका वडा ८ का ४ वर्षीय वालक सुवास सिंह खोलामा वेपता भएका छन् । साथीहरु संग सेपुखोलामा खेल्न गएका सिंह ढुङगामा चिप्लिएर खोलामा पर्दा वेपता भएको प्रहरी चौकी सेपुखोलाले जानकारी दिएको छ । प्रहरी र स्थानीयले अहिले सम्म खोजी कार्य जारी राखेपनि सिंहलाई भेटाउन नसकिएकाे स्थानीय डिलवहादुर रावलले जानकारी दिनुभयो । वालक सिंह नलगाड वोडिङ्गमा नसरीमा अध्यायनरत थिए ।

 





error: Content is protected !!