गृहमन्त्रीलाई थाहा छ कि छैन् , गुप्तचरका पुर्व प्रमुखले अहिले पनि राजाकोजस्तै सुविधा लिन्छन्

काठमाण्डौ– देविराम शर्मा धेरैले सुनेको नाम हो । देशको एक मात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको प्रमुखवाट अवकास पाइसकेका शर्माको सुरक्षा भने अहिले पनि कुनै वहालवाला मन्त्री,सुरक्षा निकायको प्रमुख र पुर्व प्रधानमन्त्रीको भन्दा कम छैन् । २०४५ देखी हालसम्म अनुसन्धान विभागको ८ जना प्रमुख वनेपनि सवैभन्दा सेवा र सुरक्षाको सुविधा भने शर्माले नै लिइरहेका छन् ।
एमाले नेता एवंम् पुर्व गृहमन्त्री वामदेव गौतमका आफन्त पर्ने शर्माको चाकडी गर्न गुप्तचर र सशस्त्रका उच्च पदस्थहरुले चाकडीस्वरुप उनको घरमा सुरक्षाकर्मी र कामदर खटाएको वुझिएको छ । शर्मा सुरक्षा निकायको सरुवा–बढुवामा समेत चासो राख्ने गर्छन् । उनको पुर्व गृहमन्त्री कृष्णबहादुर महराकोमा समेत निकै आवत–जावत थियो ।
गुप्तचर विभागमा २०४५ सालदेखी ५२ सम्म विष्णुराज पन्त, ०५२ देखी ५४ सम्म गोविन्द थापा,०५४ देखी ५७ सम्म हरिवावु चौधरी, ५७ देखी ०६४ वैशाखसम्म देविराम शर्मा, ०६४ बाट ०६६ सम्म स्वर्गिय धनसिंह कार्की, ०६६ देखी ६८ सम्म अशोकदेव भट्ट विभाग प्रमुख वने ।
त्यसपछि ०६८ देखी ०७१ सम्म मोति गुरुङ र ९ महिना जितबहादुर केसी अनुसन्धान विभागको प्रमुख वनेका थिए । गुप्तचर स्रोतले दिएको जानकारीअनुसार जिवित सवै प्रमुखको घरमा हाल दुई जना कामदारको रुपमा विभागबाट कर्मचारी खटाइएको छ ।
सेना,प्रहरी र सशस्त्रमा अवकासपछि संगठन प्रमुखमा सुरक्षाको लागी कर्मचारी पठाउन सकिने नियम भएपनि गुप्तचरमा भने हालसम्म कुनै निती वनेको छैन् । उनिहरु सवैले हाल नियमविपरीत विभागवाट उक्त सुविधा लिइरहेका छन् ।
राजाको सल्लाहकारजस्तै भुमिकामा वसेका पुर्व प्रमुख शर्माले त झन् नियमविपरीत चार जना विभागका कर्मचारी आफनै घरमा राखेका छन् । उच्च स्रोतले दिएको जानकारीअनुसार हालका गुप्तचर प्रमुख दिलिप रेग्मीले शर्माको चाकडीका लागी त्यति धेरैको संख्यामा सुरक्षा र कामदार उनको घरमा खटाएका हुन । एमाले नेता गौतम गृहमन्त्री हुदा शर्माकै सहयोगमा प्रमुख वनेका गुप्तचर प्रमुख रेग्मीले त्यतिवेला नै सई रामनाथ चौधरीको नेतृत्वमा चार जना कर्मचारीलाई शर्माको सुरक्षा र घरको काममा सहयोग गर्नको लागी खटाएका थिए ।
जवकी शर्माका अहिले पनि विभागमा करिव तिन दर्जन कर्मचारी आफ्नै नातेदार छन् । त्यति मात्र हैन उनिहरुको तलव समेत शर्माले नै वुझ्ने गरेको गुप्तचर स्रोतको दावी छ । शर्माको घरमा गुप्तचरका मात्र होईनन सशस्त्र प्रहरीका तीन जना जवानलाई पनि उनको सुरक्षाको नाममा खटाएको छ ।
तत्कालिन सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तले वामदेब गौतमलाई खुसी पार्न शर्माको घरमा नियमविपरीत आफ्नो जवानलाई खटाएका थिए । हालका प्रमुख सिंहबहादुर श्रेष्ठले पनि वन्तको नितीलाई निरन्तरता दिएका छन् । कतिसम्म भने गुप्तचर विभागले उनकै सुरक्षा लागी भन्दै शर्माको घर नजिक नै सेक्टर नै स्थापना गरेको छ । गुप्तचरका अवकासप्राप्त प्रमुख धेरै जना अहिले पनि जिवित भएपनि शर्मालाई नै बढी सुरक्षा र कामदार दिनुको पछाडी भने राजनीतिक क्षेत्रमा शर्माको पकडले नै बहालवाला चिफले चाकडी गरेको गुप्तचरका एक उच्च अधिकारीको भनाई छ ।
“सुरक्षा थ्रेट मुल्याङकन गरेर मात्रै अवकासप्राप्त उच्च अधिकृतको सुरक्षामा जनशक्ति खटाइनुपर्नेमा चाकडी चाप्लुसी गर्न नियमविपरीत कर्मचारी खटाइएको छ,विभागको अरु स्रोत साधन पनि यसैगरी दुरुपयोग भएको छ । ” गुप्तचरका एक डिआईजीले काठमाण्डौपाटीसंग भने ।
गृहमन्त्रीको रुपमा बहालभएलगत्तै एमाओवादी नेता जनार्दन शर्माले घोषणा गरेको कार्ययोजनामा प्रहरी,नेता र उच्च पदस्थ अधिकारीको सुरक्षाका नाममा खटिएकालाई व्यक्तिगत काममा लगाउन नपाउने घोषणा गरेका थिए । उनले नियम विपरीत विभागका कर्मचारी खटाउने र व्यक्तिगत काममा लगाउने उच्च पदस्थहरुको घरबाट तुरुन्त कर्मचारी झिकाउने घोषणा गरेको डेढ महिना भइसक्दा समेत हालसम्म एक जना उच्च पदस्थको बाट पनि घरेलु कामदार झिकाएको पाइएको छैन् ।










