‘माओवादीसँगको सहमति कार्यान्वयन नगर्नु भुल थियो’

काठमाडौं,एमाले वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारका वेला माओवादी केन्द्रसँग भएको सहमति पालना नगर्नु भुल भएको बताएका छन् । मुलुकमा वामपन्थी दलबीच एकतासमेत अनिवार्य रहेको बताएका नेपालले सरकार सञ्चालनमा वामपन्थी दलहरुबीच सहकार्य आवश्यक रहेको बताए ।
नयाँ पत्रिकाको न्युजरुममा जारी अन्तरक्रियामा उनले भने, ‘केपी ओली नेतृत्वको सरकार सञ्चालनको क्रममा माओवादीसँग भएको सहमति पालना नहुँदा मुलुकले वामपन्थी सहकार्यको अवसर गुमायो । यसो हुनुमा माओवादी अध्यक्ष प्रचण्डको पनि कमजोरी देखियो । किनभने उहाँले हतारो गरेर सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुभयो । त्यसअघि हामीलाई सहमति कार्यान्वयन भएन, अब के गरौँ भनेर सोध्ने कामसम्म गर्नुभएन । जसका कारण हामीले सहमति पालनाका लागि गर्न सक्ने पहल गर्न पाएनौँ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले वामपन्थी दलहरुबीच सरकारमा लामो सहकार्य आवश्यक रहेको पनि बताए ।

 





error: Content is protected !!