सरकारलाई राहत शिक्षकको चेतावनी ःदुर्गम र पोसाक भत्ता उपलब्ध नगराए देशैभरका ४० हजार भन्दा धेरै राहत शिक्षकहरु आन्दोलनमा उत्रन्छौ !

दुनै (डोल्पा) ८ श्रावण

गुरुले ज्ञान दिने र शिष्यले ज्ञान आर्जनगर्ने कार्य परम्परागत रुपमानै चलि आएको हो ।यसै अनुरुप आजभोलीको जमानामा आईपुग्दा पनि बिद्यालयमा शिक्षा आर्जनकोलागि बिद्यार्थीहरु जानेगर्दछन भने शिक्षकले ज्ञान प्रदानगर्ने गर्दछन ।
शिक्षक भनेको राष्ट्रको गहनाहुन् जसले कलिला बालबालिकलाई शिक्षाको ज्वती छरेर भोलीको उज्वले भबिश्यमा निर्माण गर्दै राष्ट्रकालागि योगदानगर्न सक्ने दक्ष नागरिक तयारगर्न अग्रणी भुमिका खेल्दछन्।
आफ्नो चरम पिडालाई लुकाएर समाजको सेतोसटको भुमिकामा निरन्तर शिक्षाको ज्वती छरीरहेको दुर्गमका राहत शिक्षकहरुको पिडा मलम लगाउने कोही देखिएनन् ।
गत आईतबार डोल्पाका राहत शिक्षकहरुले जिल्ला भेला गरे ।भेलामा जम्मा भएका राहत शिक्षकहरुले आ–आफ्नै पिडाहरु गुनासाहरु आफु–आफु बिचमा ब्यक्त गरे ।
कर्णाली अञ्चलको डोल्पा र हुम्लामा क श्रेणीका दुर्गम जिल्लामा पर्दछन् ।उक्त जिल्लाहरु अहिलेसम्म पनि राष्ट्रिय सडक संञ्जालमा जोडिन सकेका छैनन् ।यहा“ कार्यरत राहत शिक्षकहरुकहरुलाई तुलनात्मक रुपमा अन्य जिल्लाका राहत शिक्षहरु भन्दा धेरै पिडाभएको राहत शिक्षक भिम थापाले बताउनुभयो ।
एक सय पचास जनाको हाराहारीमा राहत राहत शिक्षकहरुले पिडा लुकाउँदै पनि शिक्षाको ज्वती छर्नेकाम निरन्तर गरिरहेको थापाको भनाई छ ।
डोल्पामा मात्रै प्राथामिक बिद्यालयमा सत्र जना,निम्न माध्यामिक बिद्यालयमा अठार जना,माध्यामिक बिद्यालयमा चौध जना, उच्च माध्यामिक बिद्यालयमा तेह्रजना गरेर जम्मा ६२ जना राहत शिक्षहरु कार्यरत रहेकाछन् ।
“राज्यले एउटै छानामुनि पढाउने शिक्षकहरु बिचपनि बिभेद गरेको छ, एउटै दुर्गम जिल्लामा पढाउने स्थायी र अस्थाई शिक्षकलाइ दुर्गम भत्ताको व्यबस्था गरेको छ,पोसाक भत्ताको व्यबस्था गरेको छ तर राहत शिक्षकले त्यो अवसरबाट बञ्चित हुनुपरेको छ” राहत शिक्षक डोल्पाका क्षेत्रीय प्रतिनिधि लोकेश खत्रीले भन्नुभयो ।
पठनपाठनमा अहोरात्र खटिने राहत शिक्षकहरुलाई शुद्ध २३ हजार ५ सय स्केलमा मात्र पढाउन बाध्य छौ उहाँल थप्नुभयो ।
अन्धो सरकारले काठमान्डौ डोल्पा र हुम्लालाई एउटै टोकरीमा राखेर राहत शिक्षकहरुलाई दिएको समान स्केलको विभेदको अवस्था सिर्जना भएको उहाँको भनाई छ ।
राहत शिक्षकको माग सुनुवाई गरिदिन भन्दै पटक–पटक जिल्लाका बिभिन्न शिक्षक संघ,संगठन,महासंघ र जिल्ला शिक्षा कार्यालय मार्फत पनि आफ्ना माग राखेपनि संबोधन नभएकोमा राहत शिक्षकहरुले दुख व्यक्त गरे ।
अहिले नेपालभर ४० हजार भन्दा धेरै राहत शिक्षकहरु शिक्षण पेसामा संलग्न रहेकाछन् ।
माग संवोधन नभए देशैभरका राहत शिक्षक आन्दोलमा उत्रने
“राहत शिक्षकहरुले शान्तिपुर्ण हिसाबमा पटक–पटक जिशिका,शिक्षा विभाग र मन्त्रालयमा निवेदन,ज्ञापन पत्र बुझाउँदा पनि सुनुवाई भएन् ।राहत शिक्षकको जायज मागलाई ब्यवास्ता गर्दै सरकारले जसरी राहत शिक्षकहरुलाई पेलीरहेका छ त्यसको बदलामा देशैभरका राहत शिक्षकहरु हककितको लागि पठनपाठन ठप्प पारेर आन्दोलन उत्रन बाध्य हुनेछौँ ”राहत शिक्षक संघका डोल्पाका अध्यक्ष पुर्णकेशर न्यौपानेले भन्नुभयो ।
“सुगमका जिल्लामा बिस रुपैँयार्ने एक पोका चाउचाउ दुर्गमका जिल्लाहरुमा पचास रुपैया पर्छ,चार हजारमा आउने एक क्विन्टल चामल दुर्गमका दशहजार धेरै लिन्छन्,यस्तै हरेक सामानको दोब्बर पर्छ दुर्गमका जिल्लाहरुमा,सरकारले उपलब्ध गराउँदै आएको स्केलले केही पनि पुग्दैन्,बड्दो मंहगीले दैनिक उपभोग्य सामानहरु छोई नसक्नु छ ,हाम्रा पनि घर परिवार छन्,श्रीमती बालबालिका छन् उनीहरुलाई पनि शिक्षा स्वास्थ्य,लालन पालन सबै गर्नुपर्ने हुन्छ,दुर्गमको शिक्षा, स्वास्थ्य, बिद्युत,यातायात सबै महंगो छ भन्ने कुरा सरकारलाई ज्ञात नै छ तर किन राज्यले राहतको मागलाई सुन्दैन्,” अध्यक्ष न्यौपानेले गुनासो गर्नुभयो ।
सरकारले दिएको थोरै स्केलले दैनिकी गुजारा गरौँकी,पोसाख हालौ कि के गरिसकौँ हाम्रो पिडा राज्य आफैले बुझोस न्यौपानेले थप्नुभयो ।
“राज्यले दुर्गम र सुगमका राहत शिक्षकहरुलाई साँच्चिकै बिभेद गरेको महशुस भईरहेको छ ।एउटै जिल्ला अनि एउटै छानोमुनी पढाउने अन्य शिक्षहरुले पोसाक भत्ता,दुर्गम भत्ता लगाएतका बिभिन्न सुविधाहरु पाँउछन् तर अन्य स्थायी तथा अस्थायी शिक्षकको तुलनामा अझधेरै खटिने काठमान्डौ सरहको तलबस्केलमा बस्नुपर्ने बाध्यता छ”त्रिपुरा मावि मद्धुका राहत शिक्षक शोभाकान्त पौढेलले गुनासो गर्नुभयो ।
एउटै बिद्यालयमा पढाउने शिक्षकहरुबिच पनि बिभेदको अवस्था सिर्जनाहुँदा राहत शिक्षकहरुमा नैराश्यता उत्पन्न भएको र यसले पठनपाठन कार्यमा अवरोध खडा गरिरहको स्रोतव्यक्तिहरुको भनाई छ ।
दुर्गमका जिल्लाहरुमा बड्दो महंगीले गर्दा सरकारले उपलब्ध गराउँदै आएको तलबले दुर्गमका राहत शिक्षकहरुलाई बाँच्न मुस्किलहुने समेत स्रोतब्यक्तिहरुको भनाई छ ।
बिद्यालयमा अहोरात्र खटिँदा खटिँदैपनि समुदायले पटक–पटक धम्काउने तथा स्थायी शिक्षकले पनि बिद्यालयमा हेपुवा व्यबाहार गर्ने गरेको राहत शिक्षकहरुले गुनासो गरे ।
बर्षौ देखिको दुर्गमभत्ता नपाँउदाको पिडालाई लुकाउँदा लुकाउंदै आफ्नै अस्तित्व गुम्न थालेपछि दुर्गमका राहत शिक्षकहरु संगठित भएर आवाज उठाउन थालेकाछन् ।
दुर्गमका सडक संञ्जाल नजोडिएका जिल्लाहरुमा दोहोरो हवाईभाडा मात्रै २५ हजारको हाराहारीमा रहेकाले काठमान्डौ र डोल्पालाई तुलना गरेर एउटै तलब स्केल निर्धारण गरीनुले राहत शिक्षकलाई साँच्चिकै मर्कापरेको र एउटै बिद्यालयमा समान कामगेरपनि ज्याला भने असमान भएकाले राज्यले उनिहरुको मागलाई सुनुवाईगर्नु पर्ने जिशिका डोल्पाका शाखा अधिकृत सिंहराज डाँगीले बताउनुभयो ।
राज्यले दुर्गमका जिल्लाहरुमा अध्यापन गराउने राहत शिक्षकहरुलाई बिभेद गरेर न्युनतम तलबस्केल मात्र उपलब्ध गराएकाले शिक्षकहरु पेसाप्रति कर्तब्यनिष्ठहुन नसकेर जीवन निर्वाहका अन्यबाटा रोज्नसमेत थाल्दाखेरी पठनपाठनमा समेत असर पर्न थालेको शाखा अधिकृत डाँगिले बताउनुभयो ।

त्यस्तै दुर्गमका राहत शिक्षकहरुलाई राज्यले भेदभाब गरेको कटुसत्य भएको त्रिपुरा सुन्दरी नगरपालिका १ मा पर्ने त्रिपुरा सुन्दरी मावि त्रिपुराकोटका प्रधानाध्यापक हेमराज हमालले बताउनुभयो ।
रामचन्द्र न्यौपाने

 

 

 





error: Content is protected !!