वर्षायाममा विद्यार्थीहरु विद्यालय आउन मुस्किल

जाजरकोट । सावन ५ गते देखि जाजरकोटका सामुदायिक विद्यालयमा पढाई सुरु भएसंगै समस्य पनि थपिएको छ । जिल्लाका दुर्गम गाउँमा रहेका विद्यालयमा आउन र जाँन साना वालवालिकालाई खोला नाला वढेका कारण समस्य भएको हो ।
वर्षायाममा खोलाहरु ठुला भएका कारण विद्यालय आउन र जाँन खोलामा पुल नहुँदा निकै समस्य भएको पञ्च भयार मावि जिकुवाका शिक्षक दलवहादुर खत्रीले वताएका छन् । हिउद् याममा खोलामा पानीको मात्रा कम हुँने र वर्षायाममा मात्र पानीको मात्रा वढ्ने भएकाले चुनौति थपिएको शिक्षकहरुले वताएका छन् । वर्षायाममा विद्यालय वन्द हुँदा विगतका वर्षमा खासै वालवालिका चिन्ता नहँुने गर्दथ्यो यो पटक सावन ५ गते नै विद्यालय खुल्दा समस्य भएको हो । स्थानीय जनप्रतिनीधिले यहाँका विद्यालय नजिक रहेका खोलामा काठेपुलको व्यवस्था गरिदिएको भएमा ढुक्कका साथ आफ्ना वालवालिकालाई विद्यालयमा पठाउन सकिने त्रिवेणी नलगाड नपा ८ का रामप्रसाद खत्रीले वताए । हिउद् याममा खोलामा पानीको मात्रा कम हुँने भएपछि त्यसतर्फ ध्यान कसैको नजाँने स्थानीयको भनाई छ ।
जिल्लाका रग्दा,भगवती, सक्ला ,रामीडाडाँ,नायकवाडा, रोकायगाउँ , दह लगाएतका ठाउँमा अधिकाश ठाउँमा यो समस्य भएको छ । खोलामा अस्थायी पुल भएपनि तत्काल स्थानीय सरकारले व्यवस्था गनुपर्ने चर्को माग उठेको छ । विगतमा विद्यालय आउदै गर्दा धेरै विद्यार्थीहरुले ज्यान गुमाएको शिक्षकहरुको भनाई छ ।










