डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिको बजेड २६ करोड १९ लाख ९४ हजार, डोजर खरिद तथा कृषिजन्य उत्पादन पहिलो प्राथमिकतामा

दुनै(डोल्पा) , दुर्गम जिल्ला डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन समारोह विहिबार सम्पन्न भएको छ ।उक्त नगरसभाबाट आव ०७४÷७५को २६ करोड १९ लाख ९४ हजार बराबरको बजेट प्रस्ताबित गरिएको छ ।

जसमध्ये चालु खर्चतर्फ ३ करोड ७५ लाख तथा पुँजीगत खर्च तर्फ ११ करोड २५ लाख,नगर व्यबस्थापन तर्फ ४८ लाख र आन्तरिक स्रोतबाट ९२ लाख ६४ हजार,ससर्त अनुदान तर्फ ९ करोड ७९ लाख ३० हजार बराबरको बजेट नगर उप–प्रमुख चन्द्रा कुमारी बुढाले प्रस्तुत गर्नुभएको थियो ।
विहिबार प्रस्तुत २६ बुधे नीति तथा कार्यक्रमा प्रस्तावित बजेटमा नगरलाई समृद्ध बनाउनका लागि कृषिजन्य उत्पादनलाई पहिलो प्राथामिकतामा राखिएको कार्यकारी अधिकृत नरबहादुर बुढाले बताउनुभयो ।

प्रथम नगरसभा उद्घाटन सभालाई संबोधन गर्दै नगर प्रमुख ओमलाल बुढाले यहाँका जनताको दिर्घकालीन रुपमा आर्थिकस्तर माथिक उकास्न कृषिजन्य उत्पादन अन्तर्गत एकघर एक फलफुल उत्पादन बगैँचा निर्माण गर्नुपर्नेमा जोडदिनुभयो ।
स्थानीय कोदो,फापर,चिनो,मकै जस्ता उत्पादनलाई निरन्तरदा दिँदै व्यबसायिक उत्पादनतर्फ उन्मुख गराउने कार्यक्रमलाई बिशेष प्राथामिकताका साथ नीति तथा कार्यक्रम ल्याईएको बुढाको भनाई ।
त्यस्तै दोस्रो प्राथामिकतामा नगरभित्रको पुर्वाधार बिकासकालागि आवाश्यक पर्ने डोजर खरिदका लागि ७१ लाख

 

४८ हजार बजेट प्रस्ताब गरिएको समेत उहाँले बताउनुभयो ।

बिकासको मुख्य पुर्वाधार अन्तर्गत सडक निर्माण भएकाले सडकलाई नगरको गाउँ गाउँसम्म जोड्नकालागि डोजर किन्ने प्रस्ताव गरिएको नगर प्रमुख बुढाको भनाई छ ।
त्यस्तै नगर भित्रको शिक्षा,स्वास्थ्य,बिद्युत,खानेपानी,संञ्चारको अवस्थालाई मध्येनजर राख्दै आवाश्यक नीति निर्माण गरेर कार्यन्वयनमा ल्याउनुपर्ने निर्वाचित जनप्रतिनिधिहरुले आ—आफ्नो भनाई राखेका थिए ।

नीति तथा कार्यक्रममा स्थानीय जडीबुटीको व्यबसायिक उत्पादनमा जोड दिईने छ भने पर्यटन प्रवद्धनकालागि समेत आवाश्यक नीति बनाउनुपर्नेमा जोड दिईएको छ ।
महिला,युवा,दलित तथा बालबालिका लक्षित कार्यक्रमलाई समेत नीति तथा कार्यक्रममा बिशेष रुपमा प्रस्तुत गरिएको छ ।
नगर प्रमुख ओमबहादुर बुढाले प्रथम नगरसभाको उद्घाटन गर्नुभएको थियो भने अथितीको रुपमा बोलाईएका विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुले नगरको बिकासकोलागि वडाबाट छनोट भएर आएका योजनाहरुलाई पार्टीगत आग्रह पुर्वाग्रह नराखि समानुपातिक हिसाबमा प्राथामिकताका साथ बजेट विनियोजनगर्नुपर्नेमा सुझाव दिएका थिए ।

 





error: Content is protected !!