एसपी बढुवा सिफारिस गरिएका शर्मालाई निलम्बन गर्न गृहमन्त्रीको आदेश

काठमाडौं : केही दिन अघि मात्र डिएसपीबाट एसपीमा बढुवा सिफारिस हुनुभएका सञ्जीव शर्मा दासलाई निलम्बन गर्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिनुभएको छ ।

शर्मा बढुवाको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमका साथै समाजिक सञ्जालमा व्यापक आलोचना भएपछि गृहमन्त्रीले थप अनुसन्धान गर्नुपर्ने भन्दै निलम्बन गर्न निर्देशन दिनुभएको हो। उहाँले बुधवार आफ्नो फेसबुकमार्फत यस्तो जानकारी दिनुभएको हो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘समाजिक सञ्जाल तथा सञ्चार माध्यमले डिएसपी सञ्जिव शर्मा दासबारे उठाउनुभएको प्रश्नले बढुवा गर्दा भएको त्रुटीपूर्ण निर्णय सच्याउन मदत पुग्यो।’ मन्त्री शर्माले यसका लागि धन्यवाद दिदै लेख्नुभएको छ, ‘सञ्जिव शर्माबारे थप अनुसन्धान गर्ने गरी निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउँछु।’

पाँच बर्ष अघि रामेछापको लिखु गाउँपालिकाकी १४ बर्षीया सुन्तली तामाङको बलात्कारपछि हत्यामा संलग्नलाई कारवाही गर्नुको साँटो भगाएको शर्मामाथि आरोप लाग्दै आएको छ। साथै उनले पीडितको उजुरीसमेत लिन नमानेको आरोप छ ।





error: Content is protected !!