सत्ता गठबन्धनबारे प्रचण्ड–ओली अभिव्यक्ति : संयोग कि रणनीतिक ?

रातोपाटी ,काठमाडौँ ,
यो यस्तो समाचार थियो, जसले देउवा प्रधानमन्त्री भएको डेढ महिनामै उनको भविष्यसँग गंभीर प्रश्न उठाउने विषय थिए । यसकारण यो समाचार महत्वपूर्ण थियो कि, जसले देउवालाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेले, उनैबाट आएको अभिव्यक्तिले देउवाको भविष्यमाथि प्रश्न उठाउने ठाउँ दिएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् विस्तारलाई लिएर प्रधानमन्त्रीको निर्णय क्षमतामाथि प्रश्न उठाएका थिए । पार्टी मुख्यालय पेरिसडाँडामा जारी पार्टीको केन्द्रीय सचिवालयको विस्तारिक वैठकमा सत्तागठबन्धन दल माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाको ‘भविष्य’ का लागि चिन्ता हुने विचार व्यक्त गर्नु सामन्य विषय थिएन । पहिलो र दोस्रो चरणको चुनावी परिणामको समीक्षा र भावी योजना निर्माणका लागि बोलाइएको वैठकमा प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाईलाई लिएर प्रचण्डले सकारको भविष्यको विषय कोट्टाएका थिए ।
यो साउन २ को कुरा थियो । ‘मैले शेरबहादुरजीलाई चाडो मन्त्रिपरिषद् विस्तारका लागि धेरै पटक भने । कहिले के भनेर कहिले के भनेर पछाडि धकेलिरहनु भएको छ ।’ पार्टी बैठकमा प्रचण्डको भनाई थियो, ‘अव पनि तुरुन्तै मन्त्रीपरिषद् गठन भएन भने सरकारमा किन बसिरहन पर्यो । हामी त काँग्रेसजस्तो अलमलमा पर्दैनौँ । चाँडै निर्णय लिन्छौँ ।’
केपी ओली नेतृत्वको सरकारसँगको सहकार्य तोडेर प्रचण्डले काँग्रेससँग गठबन्धन बनाएका थिए । आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुसार प्रचण्ड ०७३ साउन १९ मा प्रधानमन्त्री भएका थिए । त्यसपछि स्थानीय तहको पहिलो चरणको चुनावपछि प्रचण्डले जेठ ९ मा राजीनामा गरेर देउवाको लागि बाटो खुला गरेका थिए । पछि, माओवादीकै समर्थनमा जेठ २३ मा देउवा प्रधानमन्त्री भएका थिए ।
काँग्रेस र माओवादीबीचको गठबन्धनलाई लामोसमयसम्म लैजाने दोस्रो तहका नेताहरुको भनाई आएका बेला प्रचण्डले सरकारको भविष्यलाई लिएर आफ्नो अभिव्यक्ति दिएका हुन् ।
प्रचण्डको अभिव्यक्ति आफैमा अर्थपूर्ण थियो र प्रचण्ड बोलेको अर्कोदिन प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीको यस्तो अभिव्यक्ति दिए, काँग्रेस र देउवाका लागि यो थप चिन्ताको विषय हुन सक्छ । फेरि देउवामाथि मिडिया दबाब पनि शुरु भएको छ । ओलीको अभिव्यक्ति र प्रचण्डको भनाई संयोग वा रणनीतिक हो, यो चाहीँ अहिले नै यकीन गर्न सक्ने अवस्था भने छैन ।
ओलीले हिजो अर्थात साउन ३ गते वैदेशिक रोजगार रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारी बधाई थाप्न ओली निवास गएका थिए । त्यहीँ हो, ओलीले देउवाका लागि चिन्ता हुने विचार राखेका ।
ओलीले काँग्रेससँग मिलेर माअोवादीलाई केही फाइदा नहुने भन्दै नयाँ शक्तिबाट अगाडि बढ्न आह्वान गरे, अर्थात देउवा–प्रचण्ड गठबन्धनको निरन्तरतामा ‘ब्रेक’ को चाहना राखे । काँग्रेससँगको गठबन्धनले माओवादीलाई फाइदा नहुने ओलीको भनाई थियो ।
नागरिक दैनिकमा छापिएको ओलीको भनाई छ, ‘एक दुई दिनमा माअोवादीका साथीलाई भन्नेवाला छु । आजको यर्थात र भोलिको सम्भावनाबारे भन्नेवाला छु । काँग्रेससँग सती गएर चुनाव जितिदैन । चुनाव जित्न एमालेसँग सहकार्य गर्नुपर्छ ।’
प्रचण्डले ओलीसँग दोस्ती भंग गरेर देउवासँग निकटता बढाएपछि माओवादी र एमालेवीचको समीकरण एक बर्ष अगाडि तोडिएको थियो । समीकरण तोडिएपछि माओवादी र एमालेवीच आरोप–प्रत्यारोप भएको थियो ।
ओलीले नयाँ गठबन्धनका लागि प्रस्ताव अगाडि सारेको समाचारमा नेता प्रकाश ज्वालाको भनाई छ ।
प्रचण्डले सरकारको भविष्यलाई लिएर टिप्पणी गर्ने र ओलीले नयाँ गठबन्धनको लागि अपिल गर्ने, कतै भित्री कोठोमा तेस्रो चरणको चुनावपछिको नयाँ कोर्सको गृहकार्य त भएको छैन ?










