विद्युत गृह झिलिमिली, गाउँ अन्धकार

जाजरकोट ( सिउन)  । यहाँको दुर्गम गाउँमा विद्युत वालेको एक वर्ष नवित्दै पुर्ण गाउँहरु अन्धकार भएको छन् । जिल्लाको त्रिवेणी नलगाड नगरपालिका वडा नंम्वर १३ सिउन स्थित भेरिखोला लघु जलबिद्युत आयोजना निर्माण कार्य सम्पन्न भएको एक बर्ष नपुग्दै गाउँमा विद्युत आपुर्ती गर्न नसक्दा स्थानीयवासीहरु अन्धकारमा वस्न वाध्य भएका छन् । १५ किलोवाट विद्युत उत्पादन भई १ सय ८० घरधुरीले सेवा पाएका थिए । अहिले विद्युत उत्पादन गृहमा विद्युत वलेपनि गाउँमा विद्युतका पोलहरु ठाउँ ठाउँमा ढलेको र तारहरु चुडिएको कारण विद्युत सञ्चालनमा ल्याउन नसकेको आयोजनाका सदस्य प्रकाश भण्डारीले वताउनुभयो ।

काठका पोलहरु प्रयोग गरेका कारण पोलहरु कुहिएका छन् । केही काठका हरु हावाहुरीले ढालेका र ठाउँ ठाउँमा पहिरोले प्रशारण लाईन अवरुद्ध भएकोे भण्डारीको भनाई छ । गाउँविकास समिति ,आस्था नेपाल, जिल्ला विकास समिति वाट ५५ लाख रुपैया सहयोग भएपछि विद्युत एक वर्ष पहिले निर्माण गरिएको थियो ।

यो विद्युत वाट यहाँका सिउनगाउँ सिउनबगर,र रुकुमको मन्कागाउँ र मन्का बगरका स्थानीय वासीहरुले सेवा उपभोग गरेका थिए । फलामका पोलहरु र केही तार भएमा विद्युत सेवा सञ्चालन गर्न सकिने स्थानीयवासीको भनाई छ ।





error: Content is protected !!