११ वर्ष पछि झुलङ्गे पुल निर्माण

हुम्ला ।लामो समय सम्म निर्माण कार्य हुन नसकेको माछापानी नदीको झुलङ्गे पुल ११ वर्ष पछि निर्माण कार्य सम्पन्न भएको छ ।
२०६४सालमा सुरु भएको झुलङ्गे पुलको उपभोक्ता समिति दुई÷दुई पटक समिति गठन गर्दा पनि निस्कर्य देखिएपछि काम बिचमा रोकिएको हो ।
२०७१ सालमा नयाँ उपभोक्ता समिति गठन भएपछि पुलको निर्माण कार्य सुरु भएको हो ।९० लाखको लागतमा निर्माण भएपछि आवतजावत गर्ने यात्रुलाई सहज हुने भएको छ ।
बिचमा पुल निर्माण हुदा हुदै कामदारको ज्यान गएपछि निर्माण कार्य रोकिएको उपभोक्ता समितिका अध्यक्ष धुब्र बहादुर शाहीले जानकारी दिएका छन ।
उनका अनुसार जिल्ला विकास समिति कार्यालयबाट पुलको सम्झौता लुकाएर अहिले सम्म ढिलो गरेको शाहीले बताए । १९ लाख पेश्की लिएको र बाँकी निर्माण कार्य सम्पन्न हुदा सम्म पनि भुक्तानी नदिएको अध्यक्ष शाहीले गुनासो गरे । उता जिल्ला विकास समितिका प्राविधिक देवी ऐडीले दुई पटक उपभोक्ता समिति गठन हुदा पनि पुलको निर्माण कार्य हुन नसको भन्दै पछि धुब्र बहादुर शाहीलाई जिम्मा दिएको र पहिला सम्झौता कता हराएको बताए ।










