हुम्लाका ७७३ बालबालिका शीघ्र कुपोषणबाट प्रभावित

हुम्ला,    हुम्लाका सात गाउँपालिकाका ७ सय ७३ बालबालिका शीघ्र कुपोषणप्रभावित छन् । सानै उमेरमा विवाह गर्ने र स्थानीय उत्पादित अन्नबालीकोे खानाको प्रयोग नगरेका कारण यति धेरै बालबालिका शीघ्र कुपोषित भएका हुुन् ।

जिल्लाका सात गाउँपालिकामा रहेका कुुल ५ हजार ७ सय ८४ जना पाँच वर्षमुनिका बालबालिकामध्ये ७ सय ७३ जना शीघ्र कुपोषित रहेको जिल्ला स्वास्थ्य कार्यालयका डा। स्मृृति महतले बताइन् ।

जिल्ला स्वास्थ्य कार्यालयले हालै गरेको एक अध्ययनमा कुुल कुपोषित बालबालिकामध्ये ६२ प्रतिशत बालिका र ३८ प्रतिशत बालक रहेको डा। महतले जानकारी दिइन् ।

कुपोषणलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा चालू आर्थिक वर्षबाट सञ्चालन भएको बहुुक्षेत्रीय पोषण योजना कार्यक्रमको समीक्षा कार्यक्रममा हुुम्लामा शीघ्र कुपोषण बालबालिकाको संख्यामा वृद्धि हुनुुमा बालविवाह, पोषणयुुक्त स्थानीय उत्पादनबाट बन्ने परिकारको कम उपभोग, सरफाइको कमी, फलफूल तथा पोषणयुक्त खानेकुुराको कमी, स्वास्थ्य सेवा पहुुँचमा कमी, आमामा अशिक्षा जस्ता कारणले भएको बहुुक्षेत्रीय पोषण कार्यक्रमका जिल्ला संयोजक दिनेश बमले बताए । बजारीय खानाप्रति अभिभावक तथा बालबालिकाको मोह बढेकाले जिल्लामा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको उनले बताए ।

हुम्लाका सात गाउँपालिकामा तामाङ समुदायका बालबालिका बढी कुुपोषित भएको तथ्यांकमा उल्लेख गरिएको छ । जिल्लाको तााजाकोट गाउँपालिकामा ५ वर्षमुनिका बालबालिका २ सय १२, अदानचुुलीका १ सय ४५, सिमकोटका ९४, खार्पुनाथमा ७२ चंखेलीका १ सय ३६ बालबालिका कुपोषित रहेको संयोजक बमले बताए ।

सुनौलौ हजार दिनमा बालबालिकाको स्वास्थ्यमा ध्यान नदिँदा बालबालिका कुपोषित हुने गरेको बमले बताए । कार्यक्रमले सनौलो हजार दिनका बालबालिका तथा महिलाको पोषण तथा स्वाथ्यमा सुुधार ल्याउने खालका कार्यक्रम सञ्चालन गरेको भए पनि कार्याक्रम कार्यान्वयन चरणमा रहेकोले प्रतिफल राम्रो निस्कन नसकेको उनले स्वीकार गरे ।





error: Content is protected !!