वर्षे विदामा पनि जाजरकोटका विद्यालय सञ्चालन

जाजरकोट । शिक्षण सिकाई लक्ष्यमा पुर्याउन र पाठ्यक्रम पुरा गर्न भन्दै यहाँका १६ विद्यालयले वर्षेविदामा पनि विद्यालय सञ्चालनमा ल्याएका छन् । चुनाव तथा विभिन्न पर्वका कारण पढाई प्रभावित भएको भन्दै जिल्लाका १६ विद्यालयले विद्यालय सञ्चालनमा ल्याएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए ।
पर्टेर लाग्दो एक महिना लामो विदामा विद्यार्थीहरु पढाई भन्दा अन्य कुरामा समय खर्चने र शिक्षकले पनि विजनेश नपाउने भन्दै आफुहरु विद्यालय खोलेर वर्षेविदा नलिएको कालिका प्रावि गरी डाडागाउँका प्रधानाध्यापक ठाकुरनाथ शर्माले वताए । शिक्षकहरु विद्यालयमा विदा नलिएरै पढाउन आएपछि विद्यार्थीहरु पनि विद्यालयमा खुसीका साथ आएको उनले वताए । त्यस्तै घरमा जाँन आउन समय लाग्ने तर विद्यालय र घरको काम दुवै नहुँने भन्दै वर्षेविदा विद्यालय खोलेर पढन पाठनमै समय विताउने निधो गरेको मालिका प्रावि सुगुरखालका प्रधानाध्यापक शान्तवहादुर रोकायले वताए । असार १५ देखि सावन १५ सम्म विद्यालय वन्द गर्ने निर्णय सरकारी नियम भएपनि यहाँका विद्यालयले त्यो विदा नलिएर विद्यालय खोलेर नियमित अध्यापन गर्दा अहिले यहाँका सवै विद्यालय सिको गर्ने मोडमा पुगेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत यज्ञश्वर खत्रीले वताए । नियमित विद्यालयमा नआउने र काम चोर शिक्षकलाई यहाँका १६ विद्यालयका शिक्षकले विद्यालय खोलेर गतिलो पाठ सिकाएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले वताए ।
विद्यालय वन्द हुन्छ भनेर घर घरमा वसेका विद्यार्थीहरुलाई समेत घर घरमा गएर शिक्षकले विद्यार्थीहरु विद्यालयमा ल्याउने काम भएको लाईटफ्यूचर आधारभुत विद्यालय टालेगाउँ शिक्षकहरुले वताएका छन् । घरघरमा पुगेर विद्यार्थीहरु विद्यालयमा ल्याएको देख्दा अन्य विद्यालय नखोल्ने विद्यालयका शिक्षकहरु समेत अव हामी पनि विद्यालय खोल्छौ भन्दै धमाधम खोल्न तर्फ लागेको जिल्ला शिक्षा अधिकारी सिंहले वताए ।
काठको पुल भाँचिदा परियारको मृत्यू
जाजरकोट सावन २ । यहाँको त्रिवेणी नलगाड नपा वडा ३ मा काठको पुल भाँचिएर खोलाले वगाउँदा ४३ वर्षीय वलवहादुर परियारको मृत्यू भएको छ । टट्टा र वाँस्कोटीको विचमा रहेको साङटखोलामा रहेको काठको पुल भाँचिएपछि पुलको विचमा हिडिरहेका परियार खोलामा परेका थिए । करिव २ सय मिटर तल खोलाले वगाएपछि परियारको मृत्यू भएको स्थानीय लक्ष्मण रसाईले वताए । पक्की पुलको माग गदैँ आएका यहाँका स्थानीयहरु काठद्धारा निर्माण गरेको पुलको सहारामा खोला वारपार गर्ने गर्दथे ।





error: Content is protected !!