काठको पुल भाँचिदा परियारको मृत्यू

जाजरकोट । यहाँको त्रिवेणी नलगाड नपा वडा ३ मा काठको पुल भाँचिएर खोलाले वगाउँदा ४३ वर्षीय होम वहादुर परियारको मृत्यू भएको छ । टट्टा र वाँस्कोटीको विचमा रहेको साङटखोलामा रहेको काठको पुल भाँचिएपछि पुलको विचमा हिडिरहेका परियार खोलामा परेका थिए । करिव २ सय मिटर तल खोलाले वगाएपछि परियारको मृत्यू भएको स्थानीय लक्ष्मण रसाईले वताए । पक्की पुलको माग गदैँ आएका यहाँका स्थानीयहरु काठद्धारा निर्माण गरेको पुलको सहारामा खोला वारपार गर्ने गर्दथे ।










