दुर्गमको पिडाःडोल्पामा प्रश्नपत्र विनानै स्नातक तहको परीक्षा सञ्चालन

दुनै(डोल्पा) २९ असार , डोल्पामा स्नातक दोस्रो तहको परीक्षा प्रश्नपत्र बिनानै संञ्चालन गरिएको छ । गत २३ असार देखि सुरुभएको बिएड दोस्रो तहको परीक्षामा प्रश्नपत्र नआएपछि परीक्षा नियन्त्रण कार्यालय वल्खुबाट फ्याक्स मगाई परीक्षा सञ्चालन गरिएको डोल्पो क्याम्पसका प्रमुख धनन्ञ्जय सुवेदीले जानकारी दिनुभयो ।
गत २३ असारमा पुग्नुपर्ने प्रश्नपत्र तथा प्रवेशपत्र २७ असारमा मात्र डोल्पा पुगेकाले २३ गते र २६ गते संञ्चालन भएका परीक्षाहरु पm्याक्समा आएको प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीका हातहातमा पु¥याएको क्याम्पस प्रमुख सुवेदीको भनाई छ ।
परीक्षार्थीको प्रवेशपत्र समेत नआएकाले इमेलमा मगाई प्रवेशपत्र वितरण गरिएको समेत क्याम्पस प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
स्तरउन्नतीका लागि डोल्पाको एकमात्र जुफाल विमानस्थल बन्द हुँदा हवाईसेवा बन्द भएको र पैदलमार्ग समेत सुरुक्षाका तथा जोखिमका हिसाबमा असहज भएकाले प्रश्नपत्र ल्याउन ढिलाईभएकोे परीक्षा संञ्चालन गर्न जुम्ला वहुमखि क्याम्पसबाट खटिएका केन्द्रअध्यक्ष हरीशरण आचार्यले जानकारी दिनुभयो ।
आज मंगलबारहुने परीक्षामा मात्र परीक्षा नियन्त्रण कार्यालयले पठाएको छापिएको प्रश्नपत्र परीक्षार्थीको हातहातमा पुग्ने केन्द्रअध्यक्ष आचार्यको भनाई छ ।
बर्षातको समयमा खोलानाला बडेर बाटाघाटाहरु अवरुद्ध भएकाले एकदमै कष्टपुर्ण यात्रा गरेर ज्यानकोबाजी लाउँदै जुम्लाबाट पैदलमार्ग भएर डोल्पा प्रश्नपत्र पु¥याएको आचार्यको भनाई छ ।
कर्णालीको कालिकोट वाहेक जुम्ला,हुम्ला र मुगुमा समेत फ्याक्स मगाएर स्नातक दोस्रो तहको परीक्षा संञ्चालन गरिएको आचार्यले बताउनुभयो ।
वास्तबमा दुर्गमको पिडा यो बाहेक अरु केहीहुन नसक्ने उहाँको भनाई छ । ६१ ब्र्षिया आचार्य डोल्पामा स्नातक परीक्षा संञ्चालनको लागि सात पटक डोल्पा पुगिसक्नुभएको छ ।
यहाँको डोल्पो क्याम्पस र लिकु संयुक्त क्याम्पसमा स्नातक तहको पढाईहुने गर्दछ ।रामचन्द्र न्यौपाने





error: Content is protected !!