पहिरोले बन्द भएको जाजरकोट छिन्चु सडक खुल्यो

जाजरकोट – जाजरकोटमा गएको शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको जाजरकोट(छिन्चुु सडकखण्डको खहरेखोलामा पहिरो हटाएपछि सोमबार बेलुकीदेखि सडक खुलेको छ ।
पहिरोले सडकको केही भाग बगाएपछि अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि जाजरकोटबाट बाहिरीने गाडी रोकिएका थिए । केही यात्रुहरु पैदल यात्रा गरि रोकिएको स्थानबाट गन्तव्यमा हिँडेका थिए ।
नेपाल रेडक्रस सोसाइटिको पुरानो भवन नजिकैबाट पहिरो गएपछि भेरी नगरपालिकाको प्रमुख बजार क्षेत्रमा विभिन्न निकायवाट असार मसान्त भित्र सक्काउने गरि काम सुरु भएका आयोजनाहरु ढुंगा ढुवानी गर्न तथा वालुवा सिमेन्ट, रोरि बोक्न गाह्रो भएपछि लाखौँका योजनाहरु अलपत्र बनेका छन् ।
लगातार पानी परेपछि बजार क्षेत्रनै पाहिरोको उच्च जोखिममा रहेको छ । जथाभावि सडक बनाउँदा र नगरपालिकाको मापदण्ड विपरित ठूला ठूला भवन बनेपछि यस वर्ष खलंगा बजारमा पहिरोको जोखिम बढेको हो । लगाताको पानीले धेरै घर चर्किएका छन् ।










