एमाले सांसदले भने– किड्नी, घडी मोवाइल जस्तो हो र चोर्न

काठमाडौं,  एमाले सांसद बंशिधर मिश्रले मनमोहन मेमोरियल अस्पतालले बिरामीको किड्नी चोरेको भनेर अर्नगल प्रचार गरिएको भन्दै आक्रोस व्यक्त गरेका छन् । संसदको विशेष समयमा बोल्दै सांसद मिश्रले नुवाकोटको शिवप्रसाद रिमालको मिर्गौला परिवारकै सहमतीमा चिकित्सकले झिकेको दाबी गरे ।

सांसद मिश्रले आफू पनि चिकित्सक भएको भन्दै मनमोहनका चिकित्सकसँग गएर बुझेको र यसबारे मिडियामा सरासर झुट प्रचार गरिएको बताए । उनले भने,‘नुवाकोटका शिवप्रसादको मिर्गौला पत्थरीको अपे्रेसन गर्नुपूर्व चेक गर्दा असामान्य पाइयो, त्यसपछि परिवारकै सहमतीमा चिकित्सकले मिर्गौला झिकेका हुन् । टिचिङ हस्पिटलका चिकित्सकसँग पनि सल्लाह गरेर बिरामीको ज्यान बचाउन यसो गरिएको हो । तर अनावश्यक प्रचार गरियो ।’ पत्थरीको अप्रेसन गर्नेक्रममा मिर्गौलाबाट अत्यधिक रक्तश्राव भएको र परिवारकै सहमतिमा मिर्गौला झिकेको उनले दाबी गरे ।

सहमतीमै मिर्गौला झिकेपनि परिवारले भवितव्य घट्नाबाट केहि राहतको आशा गरेकाले अस्पतालले पिडित परिवारलाई सहयोग गर्न सम्झौता गरेको बताए । उनले भने,‘बिरामीको ज्यान बचाएका छन् चिकित्सकले । अझ पिडितकै परिवारलाई सहयोग गर्छु भन्नु अपराध हो रु’ नेपालमा मिर्गौला प्रत्यारोपण गर्ने दुईवटा स्थान मात्र रहेकाले जसले पायो उसले घडी मोवाईल जस्तो मिर्गौला चोर्न नसक्ने उनको तर्क छ । दुई दिनअघि कांग्रेस र माओवादी केन्द्रका सांसदले मिर्गौला अस्पतालबाट चोरी भएको भन्ने घट्ना बाहिर आएकाले न्यायीक छानविनको माग गरेका थिए ।





error: Content is protected !!