जाजरकोटका सवै सडक अवरुद्ध

असार २५ जाजरकोट । लगातारको वर्षाका कारण यहाँको सडक अवरुद्ध भएको छन् । गएराती देखि निरन्तर परेको वर्षाका कारण खलंगा देखि छिन्चु सडक अवरुद्ध भएको छ ।
जिल्ला कारागार नजिक वाट गएको पहिरोले जाजरकोट छिच्नु सडक अवरुद्ध भएको हो । त्यस्तै खलंगा रिम्ना सडक खण्ड अन्तरर्गन दर्जन ठाउँमा पहिरोले सडक वगाउदा आईतवार विहानै देखि यातायातका साधनहरु सञ्चालन हुँन सकेका छैन्न । त्यस्तै खलंगा पाँचकाटिया सडक खण्डमा पनि पहिरो जाँदा अवरुद्ध भएको प्रहरीले वताएको छ । जाजरकोट रिम्ना देखि रुकुमको राडी र जाजरकोटको वगारा देखि तल्लु सम्माको सडकमा पहिरोले वाटो पुर्दा यातायात सञ्चालन हुँन नसकेको प्रहरी प्रमूख भावेश रिमालले वताउनुभयो । खलंगा रिम्ना सडक खण्ड भित्र पर्ने सडक भत्किएपछि स्यालामा केही स्थानीयको मकै वाली नष्ट भएको छ । घर समेत जोखिमममा परेको भन्दै स्थानीयहरु घर छाडेको स्थानीय सर्जन विकले वताउनुभयो ।
सदरमुकाम खलंगा भित्र आधा दर्जन ठाउँमा सडक भत्किएपछि स्थानीयहरु हैरान भएका छन् । थाप्लेमा रहेको झलक मल्लको पसलमा क्षेति पुगेको छ । निरन्तर पानि परिरहेका कारण मर्मत हुँन सकेको छैन् । जिल्लाको वारेकोट ३ मा आधा दर्जन घर पहिरोको जोखिममा परेको प्रहरीले वताएको छ । एक घर भत्किएको र मानवीय क्षेति नभएको प्रहरीको भनाई छ । जाजरकोट सदरमुकाको विद्युत सेवा समेत अवरुद्ध भएको छ ।










