गाउँगाउँमा उद्धारका लागि अभ्यास

हेमन्त के सी
असार १८ जाजरकोट । यहाँका गाउँगाउँमा विपतको समयमा अपनाउनु पर्ने विभिन्न सुरक्षा र उद्धारका लागि गर्नुपर्ने विभिन्न सिप अभ्यास गरिएको छ ।  जिल्लाका अतिजोमिखमा परेको वस्ती र भुभागमा वसोवास गर्ने स्थानीयलाई उद्धारका लागि यो क्रियाकलापले महत्वपुर्ण शिक्षा दिएको स्थानीयले वताएका छन् । अमेरिकी सहयोग नियोगको आर्थिक सहयोग र पहाडी क्षेत्र विकास अभियान जाजरकोटको सहजीकरणमा सञ्चलित कृषि स्वास्थ्य तथा वैकल्पिक जीविको पार्जन प्रवद्र्धन (पहल) कार्यक्रम मार्फत स्थानिय विपद् व्यवस्थापन समितिका सदस्य तथा अन्य उप समितिहरुका सदस्यहरुका लागि आधारभूत प्राथमिक उपचार तालिम पूर्व सूचना प्रणाली कार्यदल तथा अन्य उप समितिका सदस्यहरुका लागि पूर्व सूचना प्रणाली सम्बन्धी तालिम दिईएको हो । कार्यक्षेत्रका ४ गाविसमा रहेका स्थानीय विपद् व्यवस्थापन समितिहरुलाई ९ प्रकारका खोज तथा उद्दार सामग्रीहरु हस्तान्तरण गरिएको छ । पहिरोको कृतिम नमुना घटना अभ्यास कार्य समेत सम्पन्न भएको छ ।
पहाडी ठाडो भू–भाग भएकाले वर्षा याममा पहिरोको उच्च जोखिम रहेका वस्तीमा नमुना अभ्यास गरि पहिरोमा सरल तरिकाले अभ्यास गर्ने विधी समेत प्रर्दशन गरिएको छ । नमुना अभ्यासले साचिकै घटना घट्दा अपनाउनु पर्ने विभिन्न खालका उद्धारका विधिहरु आफैले प्रयोग गर्दा सिक्नु पर्ने कुरा भएको आभाष भएको खगेनकोट १ की लक्ष्मी चन्दले वताईन् । यस्तै खालका नमुना अभ्यास अझै प्रत्येक संकटासन्न गाउँहरुमा गर्नुपर्ने आवश्यक रहेको उनको भनाई रहेको छ ।
नमुना घटना अभ्यासले भगवती गाविस वडा नं. ३ मा विगत २०६६ सालमा आईरहेको पहिरोको स्मरण गराएको स्थानीय कर्णवहादुर परियारले वताए । उद्धारका लागि आवश्यक ज्ञान नहुँदा २०६६ सालमा भगवती गाविस वडा नं. ३ औलगुर्तामा पहिरो जाँदा व्यापक क्षती ब्यहोर्नु परेको उनले वताए । यस्तो प्रकारको घटना सम्बन्धि ज्ञान प्राथमिक उपचार सीप, पूर्व सूचना सम्बन्धि जानकारी र खोज उद्दार सम्बन्धी जानकारी भएको भए केही धन सम्पत्तिको बचाउ हुने उनले बताए ।
प्राथमिक उपचारको तालिम प्रत्येक गाउँ गाउँमा आवश्यक भएको र प्राथमिक उपचारले विपद्को बेला तथा जुनसुकै समयमा पनि घाइतेलाई थप क्षेती हुनबाट बचाउने र प्राथमिक उपचार तालिम निकै उपयोगी भएको सक्ला ५ स्याँला निवासी अनिता बोहराले वताए । हामीले समयमै यस्ता खालका अभ्यास जारी रहेमा घटना वाट पैदा हुँने थप क्षेतिलाई गर्न सकिने पहाडी क्षेत्र विकास अभियान जाजरकोट अन्तर्गत पहल कार्यक्रमका कार्यक्रम संयोजक महेन्द्र शाहीले वताए ।

 

 

 

 

 

 

 





error: Content is protected !!