कांग्रेस दाजुलाई हराए एमाले भाइलेः विजयी जुलुस भने एउटै आँगनमा

          गुल्मी– नेपाली काँग्रेसबाट वडाध्यक्षका उमेदवार यमबहादुर खत्रीलाई एमाले उमेदवार एवं आफ्नै सहोदर भाइ ओभमबहादु खत्री केसी ले हराएका छन् ।

भाई जिसीले ११६१ मत ल्याई विजयी भएका हुन । दाजु जिसीले ९२७ मत ल्याएर भाइसँग पराजय भोगेका हुन् । दाजु जिसीले यस अघि नै रगतको नाता र राजनीति सम्वन्ध फरक भएको बताउँदै आएका छन् ।

‘हाम्रो पारिवारिक सम्वन्ध हिजो जे थियो आज पनि उस्तै छ । चुनावी प्रतिष्पर्धामा भाइले जिते पनि मैले जिते पनि विजयी जुलुस हामी एउटै आँगनमासँगै मनाउछौं, यो जित हाम्रो परिवारको जित हो किन कि दुई राजनैतिक दलको रोजाईमा हाम्रो परिवार पर्नु गर्वको विषय हो ।’– दाजु जिसीले भने ।

भाइले पनि पारिवारिक सम्वन्धमा तिक्तता नभएको बताउँदै जितहार पार्टीबीचमा भएको तर दुई भाइबीचमा नभएको प्रतिक्रिया दिए । 





error: Content is protected !!