जाजरकोटमा स्वास्थ्य बीमा दर्ताको शुभारम्भ

 जाजरकोट,   जिल्ला सदरमुकाम खलंगामा बिहिवार एक औपचारिक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य बीमा दर्ताको शुभारम्भ गरिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिवाट गरिने स्वास्थ्य बीमा जनप्रतिनीधिले स्वास्थ्य बीमा दर्ता गराएर शुभारम्भ गरिएको हो ।
गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सवैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले सरकारले लागु गरेको स्वास्थ्य वीमा दर्ताको कार्यक्रम जाजरकोटमा शूरु गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमका जिल्ला प्रबन्धक हिमलाल ज्ञवालीले जानकारी दिए ।
जाजरकोटवाट ब्यबस्थापिका सांसद सदस्य रिता रावल, भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले स्वास्थ्य बीमा दर्ता गरेर बीमा कार्यक्रमको शुभारम्भ गरिएको प्रबन्धक ज्ञवालीले वताए । स्वास्थ्य विमा गराउनका लागी हरेक वडामा दर्ता सहयोगी राख्ने ब्यवस्था गरिएको ज्ञवालीले जानकारी दिए । स्वास्थ्य विमा कार्याक्रमले गरीव र विपन्न बर्गको स्वास्थ्य उपचार सेवामा पहुँच पुग्ने विश्वास लिईएको ज्ञवालीले वताए ।

पाँच जना सम्मको परिवारले बार्षिक दुई हजार पाँच सय रुपैया विमा बापत रकम तिर्नु पर्ने प्रावधान रहेको छ । उक्त परिवारले पचास हजार सम्मको उपचार खर्चको सुविधा पाउने ब्यवस्था गरिएको छ । पाँच जना भन्दा बढी परिवार भएमा प्रति सदस्य दुई हजार पाँच सयमा थप चार सय पच्चिस रुपैया तिर्नु पर्ने ब्यवस्था गरिएको छ ।
तर अति गरीव र जोखिममा परेका परिवारको परिचयपत्रका आधारमा विमा रकममा ५० प्रतिशत देखी पुरै रकम छुट गर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ । नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्य अनुरुप राष्ट्रिय स्वास्थ्य विमा नीति २०७१ र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति २०७१ बमोजिम आर्थिक बर्ष २०७२÷०७३ मा कैलाली जिल्लाबाट शूरु गरिएको स्वास्थ्य विमा चालु आव सम्म इलाम, बाग्लुग, म्याग्दी, काँस्की, पाल्पा, अछाम र बैतडी गरी आठ जिल्लामा यो कार्यक्रम संचालन भैसकेको छ भने जाजरकोट लगायतका ५ जिल्लामा यहि असार देखी कार्यक्रम संचालन गरिएको जनाईएको छ । आगामी भदौ महिना सम्म २५ जिल्लामा स्वास्थ्य विमा लागु हुने स्वास्थ्य मन्त्रालयको कार्ययोजनामा उल्लेख छ ।





error: Content is protected !!