जाजरकोटका पीडित बालिकालाई बेलायतबाट रिताको आर्थिक सहयोग


भेरीखवर समाचार प्रभाव
जाजरकोटका पीडित बालिकालाई बेलायतबाट रिताको आर्थिक सहयोग
जाजरकोट, १६ असार । बाबुको मृत्युु पश्चात आमाले दोस्रो विवाह गरेपछि बिचलित परेका त्रिपुरसुन्दरी नगरपालिका ६ डोल्पाका ९ बर्षिय पार्बती बिटालु र ७ बर्षिय चन्द्रा बिटालुको शिक्षा दिक्षाको लागि बेलायतबाट रिता परियारले १ लाख २ हजार सहयोग गरेकी छिन ।
बालिक ७ वर्षीय पार्वती विटालु र ९ वर्षीय चन्द्रा विटालु बाबू बुद्धी बिटालुको मृत्यु पश्चात् माउली घर जाजरकोट बस्दै आयका थिए । आमाले दोस्रो बिवाह गरेर अनेत्र गए पछी माउली घरको एकदम नाजुक अवस्थाका कारण बिचल्ली परेक पार्बती र चन्द्रा सहि शिक्षा, पालन पोषणमा अति दर्दनाक समस्या समस्याको समाचार कही समय अघि हेमन्त के सीले लेखेको समाचार भेरीखवर प्रकाशित भएपछि सो समाचारलाई पछ्याउदै जाजरकोट डाडागाउँका लक्ष्मण रसाईली विभिन्न ठाउँमा सहयोगको लागि अपिल गरियको थिए । अपिललाई स्विकार्दै गोरखा घर भइ बेलायतमा बस्दै आएकी सहयोगी मनकी धनी समाजसेवी रिता परियारले सहि शिक्षा र पालनपोषणको लागि १ लाख २ हजार सहयोग गर्नुभएको थियो ।
रितावाट प्राप्त सहयोग रकम पार्बती बिटालुको नाममा सिटिजन्स बैंक लिमिटेडको खाता सन्चालन गरि बचत गरिएको छ । पार्बती बिटालु र चन्द्रा बिटालुलाई अहिले अध्ययनका लागि चतुरमाला प्राथमिक बिधालय भेरी नगरपालिकाको मटेला जाजरकोटमा भर्ना गरि पढ्न सुरु गरेको छन् ।










