माओवादी केन्द्र वडाध्यक्षमा विजयी

भोजपुर । दक्षिणी रामप्रसाद राई गाउँपालिकाको वडा नं। ८ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । ३ सय २२ मत ल्याउँदै माओवादी केन्द्रका मनोज राई वडाअध्यक्ष पदमा विजयी भएका छन् ।

गाउँपालिकाको प्रमुखमा ३ सय १० मत ल्याउँदै एमाले अगाडि छ । प्रतिस्पर्धी माओवादीको २ सय ९६ मत छ । त्यसैगरी उपप्रमुखमा ३ सय १३ मत ल्याउँदै एमाले र माओवादी बराबर छन् ।

कांग्रेस र संघीयले बराबर ४ मत ल्याएका छन् । यहाँका ९ स्थानीय तहमध्ये ४ वटा तहमा मध्यरातदेखि मतगणना सुरु भएको थियो । हतुवागढी, अरुण, रामप्रसाद र पौवादुङ्मा गाउँपालिकामा गएरातिदेखि नै मतगणना सुरु भएको थियो ।

पौवादुङ्मा बाहेकका तीन तहमा मतगणना भइरहेको छ । पौवादुङ्मामा ५ वटा मतपत्रमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको पाइएपछि विवाद हुदा स्थगित भएको हो । यसका लागि सर्वदलीय बैठक बैठक बसिरहेको छ । अन्य ५ वटा तहमा आज बिहानदेखि मतगणना सुरु हुने बताइएको छ ।

भौगोलिक विकटताका कारण मतपेटिका ल्याउन बिहानसम्म समय लागेको छ । भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, आमचोक गाउँपालिकामा सर्वदलिय बैठक बसिरहेको छ । बैठकपश्चात सुरु हुने मुख्य निर्वाचन अधिकृत प्रकाश श्रेष्ठले जानकारी दिएका छन् ।

 

 





error: Content is protected !!