दुर्गम गाउँका गाउँलेले पाए उपचार

यज्ञवहादुर खत्री . जाजरकोटको विकट गाउँ नलगाड त्रिवेणी नगरपालिकाको भगवतीतल्लुवगरमापहिलो पटक निशुल्क स्वास्थ्यशिविर सम्पन्नभएको छ । 
नलगाड सेवा समाजको समन्वयमापुनम फाउण्डेसनले गरेको शिविरमाकरिव एक हजार जनाको उपचार भएको हो । महिलाको पाठेघर खस्ने समस्या, वालवालिकालाई लक्षित गरी गरिएको शिविरमामध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमाकार्यरत डा. जानुका गैरे, सरस्वतीवोहरा, निशाकिरण न्यौपाने, डिकेन्द्रदेव गिरी, हेमन्त रावल, हरिशंकर देवकोटा लगायतका स्वास्थ्यकर्मीले उपचार गर्नु भएको थियो । दुर्गम गाउँतल्लु बगरमानिशुल्क स्वास्थ्यशिविर गर्न आग्रहगरिएपछि गाउँ घरमै जनतालाई स्वास्थ्य सेवादिने पवित्रउदेश्यले जाजरकोटको दुर्गम गाउँमापहिलो पटक शिविर आयोजनागर्न फाउण्डेसनले सहयोग गरेको अध्यक्षपुनमविसीले जानकारी दिनुभयो ।
शिविरको लागि नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतले औषधीको सहयोग गरेको बुझिएको छ । त्यस्तै, नेपालबालपोलीक्लिनिकका संचालक डा.नवराज केसी, नविन ड्रग हाउसका संचालककविराज कँडेल, गुरुङ नरसिहहोम लगायतले पनिशिविरमा सहयोग गरेको वताइएको छ । शिविरमाजाजरकोट डोल्पा र रुकुमका १ हजार जनामहिलातथाबालबालिकाहरुले स्वास्थ्यलाभलिएका छन् । शिविरमामहिलाको पाठेघर, बालबालिकाको स्वास्थ्यजाँचलगायतअन्य रोगको परिक्षण गरिएको आयोजकले वताएका छन् ।
त्रिवेणी नलगाड नगरपालिका वडा न १२ मा पर्ने तल्लोवगरमानिशुल्क स्वास्थ्यशिविर भएपछि यस क्षेत्रका सर्वसाधारण निकै खुशीभएको स्थानीयरामबहादुर मल्लले उल्लेख गर्नुभयो ।जाजरकोट सदमुकाम खलंगावाट करिव ३ दिनको पैदल दुरीमा रहेको तल्लुवगरमापहिलो पटक स्वास्थ्यशिविर भएपछि आफुहरु निकै राम्रो सेवालाभलिएको स्थानियको भनाई छ ।
शिविर संचालनको लागि सुर्खेतका नेपाल स्वास्थ्यकर्मी संघ, नेपालवालपोलीक्लिनिक, नविन ड्रग हाउस, भवानी छापाखाना लगायतले औषधीलगायतअन्य सामाग्री सहयोग गरेका छन ।
सुर्खेतमाक्रियाशिलजाजरकोटका पत्रकार प्रकाशपन्तको विशेष पहलमापहिलो पटक दुर्गम स्थानकाजनतालाई लक्षित गरी निशुल्क स्वास्थ्यशिविर गरिएको अध्यक्षविसीले बताउनु भयो ।
पत्रकार पन्तकै पहलमापहिला २०७३ साल सालमंसिर ११ गते खगेनकोटको दल्लीमापनिनिशुल्क स्वास्थ्यशिविर भएको थियो । शिविरमाकरिव १ हजार ५ सय भन्दा बढी सर्वसाधारणले सेवालिएकाथिए । जाजरकोटको दुर्गम ठाउँका जनताले सजिलै स्वास्थ्यको पहुँचपाउननसक्ने भएकोले घरदैलोमै सेवादिने उदेश्यले निशुल्क स्वास्थ्यशिविरको लागिपहल गरेको पत्रकार पन्तले बताउनु भयो ।










