कुष्ठरोग लागेपछि १२ वर्ष सम्म ओढारमै बास

               नरजन तामाङ

, हुम्ला , सरकारले कुष्ठरोग उन्मुलन भएको घोषणा गदै यताकता रोगी फेला परेमा नि:शुल्क उपचारको व्यवस्था मिलाएको पनि लामो वर्ष भइसक्यो । तर, रोग लागेकै कारण हुम्ला सिमिकोट भन्दा एक दिन टाढा रहेको स्याडागाविस खोल्सीवडा ८ की एक वृद्धा महिला १२ वर्ष देखि विस्थापित हुनु परेको छ ।

करिब ७० वर्षीय गोला शाहीकाे हातखुटामा कुष्ठरोग लागेपछि परिवारका सदस्य मिलेर उनलाई थातथलोबाट विस्थापित बनाएका हुन् ।गाेला  करिव १२ वर्ष अघि विवाह गरी बझाङ्ग पुगेकी थिइन । श्रीमानको मृत्यु पश्चात गोला माइती फर्केकी थिइन् । उनका बाबुले नेपालगञ्ज डडेलधुरामा उपचार गराएका थिए ।

 

उपचार गरेर घरमा फर्केकी उनी बुबाको मृत्यु पछि घरबाट निकालिएकी थिइन् । २ भाई र २ दाजु भएकी शाहीलाई घरमा बस्दा अरुलाई पनि सर्छ भन्दै   छिमेकीले घर भन्दा टाढा राख्न परिवारलाई दबाब दिए । १२ वर्ष पहिलाको घटनालाई सम्झदै गोलाले भनिन् ‘ घरमा बुबा हुँदा मलाई समस्या भएन बुबाको मृत्यु भएपछि एक्लै छु । छोरी छन् कोही भेट्न समेत आउदैनन् उमेर हुँदा माइतीमा घर बनाए आज घरबाटै निस्कनु पर्‍यो ।





error: Content is protected !!