नेपालगन्ज १५ मा राजपाका युवा नेताहरुसहित २ सय बढि माओवादी केन्द्रमा प्रवेश

नेपालगन्ज ।

नेपालगन्ज उप–महानगरपालिका १५ मा राष्ट्रिय जनता पार्टी नेपालका युवा नेताहरुसहित २ सय भन्दा बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शनिबार एक कार्यक्रमका बिच उनीहरुलाई माओवादी केन्द्रका कार्यालय सदस्य तथा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले अबिर लगाएर र खादा ओढाएर माओवादी केन्द्रमा प्रवेश गराउनुभयो ।

नव प्रवेशीहरुले आप्mना हक र अधिकारका लागि माओवादी केन्द्रले खेलेको भुमिका प्रशंसनिय रहेको भन्दै आफुहरु माअ‍ोवादी आन्दोलनमा होमिएको बताएका छन् ।

19149027_1676470459049570_8382564947926176621_n

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा राष्ट्रिय जनता पार्टी नेपालका युवा नेता धर्मेन्द्र कुमार बर्मा लगायतका २ सय भन्दा बढि युवाहरु रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रमका पुर्व गृहमन्त्री बस्नेतका साथै  नेपालगञ्ज उप–महानगरपालिकाका मेयर पदका उम्मेदवार दामोदर आचार्य, युवा नेता अमर खङ्का लगायतको सहभागिता रहेको थियो ।

 




सम्बन्धित समाचार


error: Content is protected !!