फेरी काँग्रेस बाँकेलाई धक्काः तरुण दलका क्षेत्रीय कोषाध्यक्ष विष्ट माओवादी केन्द्रमा प्रवेश

 नेपालगन्ज । तरुण दल बाँके क्षेत्र नम्बर १ का कोषाध्यक्ष लोकेन्द्र बहादुर विष्ट नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । शुक्रबार एक कार्यक्रमका बिच क्षेत्रीय कोषाध्यक्ष बिष्ट काँग्रेस परित्यागको घोषणा गर्दै माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।
विष्ट राप्तीसोनारी गाउँपालिका ८ निवासी हुनुहुन्छ । माओवादी केन्द्रकी केन्द्रिय सदस्य कृष्णा केसी नमुनाका अनुसार राप्ती सोनारीमा दिनप्रति विभिन्न पार्टी परित्याग गरे माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको सख्ङ्या बढ्दै जान थालेको जानकारी दिनुभयो । माओवादी केन्द्रले राप्तीसोनारीमा चुनावी प्रचार प्रसार समेत तिव्र पारेको उहाँले जानकारी दिनुभयो ।
केही दिनअघि मात्र नेपाली काँग्रेस बाँकेका युवा नेता अमर खङ्काको नेतृत्वमा युवाहरुको ठूलो समुह नेपाली काँग्रेस परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेको थियो ।
बाँकेमा पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको सख्ङ्या बढ्दै जान थालेको जिल्ला संयोजक आइपी खरेलले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!