उतारचढावको आधा वर्ष

शुरु भएदेखि नै हामीमाथि बदनाम गराउने नियतबाट ग्रसित एउटा तप्काले कपोलकल्पित, भ्रामक, अर्थहीन तथा आधारहीन आरोप लगाएर भ्रम फैलाए । त्यसबाट हामी एक रति पनि विचलित भएका छैनौं । हामीमाथि उठेका प्रश्नको जवाफ हामीले सम्पादकीयमार्फत पटक– पटक दिइसकेका छौं । तर पूर्वाग्रह राखेर अरूप्रति निराधार आरोप लगाउनेको उपचार के नै हुन्छ र ? आखिर समयले सबै कुराको जवाफ दिइहाल्छ ।

व्यक्तिगत गोपनीयता, कानूनी सीमा र पत्रकारिताले दिएको अधिकारको ख्याल गर्दै खोजमूलक समाचार र विश्लेषणमा हामी अझै खरो उत्रनेछौं । बहुलवादी समाजमा तथ्यमा आधारित तर फरक विचार राख्ने र लेख्नेमाथि प्रहार हुनसक्छ, तर त्यसको प्रतिकार गर्न हामी सधै तयार रहनेछौं ।

भेरीखवर डटकमलाई नेपाल र विदेशमा बस्ने आम नेपालीमाझ व्यापक बनाउन हामीले अबका दिनमा विशेष ध्यान केन्द्रित गर्नेछौं । समाचार, विचार, फिचर, फोटो फिचरका अतिरिक्त अरू सेवाहरु थप्दै जाने विषयमा हामी केन्द्रित हुनेछौं । हामीले सम्प्रेषण गर्ने सामग्रीमाथि प्रतिक्रिया जनाउने अधिकार पाठकलाई सधैं सुरक्षित छ । तर त्यस्ता प्रतिक्रिया सम्बन्धित समाचार र त्यहाँ प्रस्तुत तथ्यमा आधारित हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । रचनात्मक सुझावको हामी सधैं सम्मान गर्नेछौं, प्रतीक्षामा हुनेछौं ।

‘निरन्तर तथ्यको खोज’ भन्ने हाम्रो मूल नारा हो । अनलाइन समाचार विधामा खोजमूलक समाचार सम्पे्रषण गर्न हामी सधैं अंग्रपंक्तिमा रहने प्रयास जारी राख्नेछौं ।

कुनै बेला बीपीले भन्नुभएको थियो – ‘सत्य अल्पमतमा पर्छ ।’ पछिल्ला वर्षहरूमा नेपालमा सत्य अल्पमतमा परेको अवस्था हो । अल्पमतमा परेपनि आखिर जीत सधैं सत्यकै हुनेछ । हामी भीडको पछाडि होइन, सत्यको पछाडि लाग्नेछौं । हाम्रो न्युजपोर्टलको नियमित पाठक र साइट भिजिटर बनिदिनुभएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद ।




सम्बन्धित समाचार


error: Content is protected !!