जाजरकोटमा प्राकृतिक विपतवाट गाँउ जोगाउन पहल द्धारा उद्धार सामाग्री वितरण

जाजरकोट । वर्षातको सुरुवात हुनै लाग्दा प्राकृतिक प्रकोप वढी हुने गाँउहरुका लागि विभिन्न उद्धार सामाग्रीहरु वितरण गरिएकोछ । स्थानीय विपत व्यवस्थापन समिति मार्फत पुर्व सुचना तालिम सहित जिल्लाको पुर्वी क्षेत्रका साविकका चार गाउँविकास समितिहरुका लागि सामाग्रीहरु वितरण गरिएको हो ।
विगत वर्षहरुमा वाढी पहिरो र अन्य प्राकृतिक विपतवाट ठुलो धनजनको क्षति भएका वस्तीहरुलाइ लक्षित गरि सामाग्रीहरु वितरण गरिएको वताइएको छ ।वाढी पहिरो, आगलागी र अन्य दुर्घटना लगाएतका विपतहरुवाट स्थानीयलाइ वच्न र वचाउने काममा सहयोगका लागि उक्त सामाग्रीहरु वितरण गरिएको हो ।

साविकका खगेनकोट,रग्दा, भगवती र सक्ला गाविसका १८ जना तालिम प्राप्त व्यक्तिहरुलाइ विभिन्न ९ प्रकारका उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदीपजंग शाहले वताए । स्थानीय पहाडी क्षेत्र विकास अभियानले युएस एडको सहयोगमा सन्चालन गरेको पुर्व सुचना प्रणाली सम्वन्धी तालिममा सहभागी स्थानीय ष्व्यवस्थापन समितिका १८ जना सदस्यहरुलाइ विपतका समयमा प्रभावकारी प्रतिकार्य गर्न विभिन्न ९ किसिमका सामाग्रीहरु वितरण गरिएको अध्यक्ष शाहले वताए ।

उनले प्राकृतिक विपतका वेला गाउमा उद्धारको कामलाइ सफल र प्रभावकारी वनाउन तीन दिनको तालिमका साथै ष्पिभ व्यवस्थापन समितिलाइ लाइफ ज्याकेट, हेलमेट, डाइनामीक डोरी,क्रोवार, हेम्मर,फोकस टर्च,गैंटी,फोल्डिङ स्ट्रेचर र तारपौलिन पाल वितरण गरिएको वताए ।
सदरमुकाम खलंगामा सन्चालित तीन दिने तालिममा उनीहरुलाइ विपतका वेला उद्धारको काम कसरी गर्ने र उद्धार सामाग्रीहरु कसरी प्रयोग गर्ने भन्ने तरीकाहरुवारे प्रशिक्षण दिइएको छ । कृषि स्वास्थ्य तथा वैकल्पीक जीवीकोपार्जन प्रवद्र्धन कार्याक्रम (पहल)को सहयोगमा सन्चालित उक्त तालिममा सहभागीहरुलाइ प्राथमिक उपचारका वारेमा पनि तालिम दिइएकोछ ।

नेपाल रेडक्रस सोसाइटी जाजरकोट शााखाको सहयोगमा उक्त तालिम दिइएको हो । विपत व्यवस्थापनका विषयमा पहल कार्यक्रमका क्षेत्रिय जोखिम न्युनीकरण अधिकृत डम्वर सुनार र प्राथमिक उपचारका विषयमा रेडक्रस जाजरकोटका मन्त्री हरिवहादुर वस्नेतले प्रशिक्षण दिएका छन् । पुर्व सुचना प्रणाली तथा प्राथमिक उपचार सम्वन्धी तालिमले जिल्लामा हुने विभिन्न खाले प्राकृतिक प्रकोपका घटनाहरुवाट वच्नकालागि ठुलो सहयोग पुरयाउने सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले वताए ।
तालिम र सामाग्रीको सदुपयोग हुन सकेमा मात्र प्राकृतिक विपतीका समयमा जनताको जीउधनको सुरक्षा हुने उनले वताए । वाढी र पहिरोका कारण विगतमा गतिलो सुरक्षाको अभावले दर्जन वढी स्थानीयले ज्यान गुमाएका थिए ।जिल्लामा हुने सवै प्रकारका विपतका वेला नेपाली सेना , प्रहरी र रेडक्रसकर्मीहरुले मात्र सहयोग गर्ने गरेका छन् ।
जनतामा विपतका वेला सुरक्षाको उपाया अपनाउने कला नभएका कारण धनजनको क्षति हुने गरेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!