कालोपत्रेका लागि डोल्पाको जुफाल विमानस्थल बन्द

रामचन्द्र न्यौपाने
डोल्पा(दुनै) । दुर्गम जिल्ला डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल विहिबार देखि बन्द भएको छ ।
विहिबार देखि विमानस्थल कालोपत्रेको काम सुरु गरिए पछि जुफाल विमानस्थल बन्द भएको नागरिक उड्यन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।
नागरिक उड्यन प्राधिकरणको ९ करोड ८१ लाख रकममा स्तर उन्नती हुनलागेको उक्त विमानस्थलको कालोपत्रे गर्न मात्रै झन्डै दुई महिना लाग्ने अनुमान भएपनि कामसुरु गर्दा यसै भन्न नसकिने आयोजना प्रमुख बिर प्रसाद शाहीले जानकारी दिनुभयो ।
बिमानस्थल कालोपत्र भएको केही दिनमै संञ्चालनमा ल्याउन सकिने आयोजना प्रमुख शाहीको भनाई छ ।
भौगोकि बिकटताको कारण भनेको समयमा सामान ढुवानीको कारण हेलोकोप्टर नपाउने,कहिले मौसमले साथ नदिने,कहिले कामदार नपाउने जस्ता यावत समस्याले विमानस्थल स्तरउन्नतीकार्य अवरुद्धहुँदै आएको आयोजना प्रमुख शाहीको भनाई छ ।
ज्ुाफाल विमानस्थलको कालोपत्रे गर्ने कार्य सम्पन्न नहुन्जेल सम्म त्रिपुरा सुन्दरी नगरपालिका स्थित पहाडामा पर्ने मसिने चौर विमानस्थल संञ्चालनमा ल्याउने तयारी भईरहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
मसिने चौर विमानस्थल संञ्चालनमा ल्याईएपछि बिरामि,पर्यटकलाई समेतलाई समेत आवत जावत गर्न सहजहुने भएको छ ।
्जुफाल विमानस्थल कालोपत्रे भएपछि डोल्पालीलाई जिल्ला बाहिर जान तथा दैकिक उपभोग्य सामाग्री ढुवानी गर्न समेत सहजहुने बताईएको छ ।







