दुइ नम्बर प्रदेशको निर्वाचन सार्ने निर्णय

       

    काठमाडौं : प्रमुख राजनीतिक दलको बैठकले आगामी असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो तहको निर्वाचन दुई नम्बर प्रदेशमा स्थगित गर्ने निर्णय गरेको छ ।
सिंहदरवारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस,एमाले र माओवादी केन्द्रका नेताहरुले दुई नम्बर प्रदेशमा भइरहेको हुन सक्ने हिंसात्मक गतिबिधिलाई ध्यानमा राखेर निर्वाचन सर्ने निर्णय गरेका हुन । तराई मधेशकेन्द्रित राष्ट्रिय जनता पार्टीलाई समेत सहभागी गराईको बैठकले दुई नम्बर प्रदेशको निर्वाचनलाई तेस्रो चरणमा गर्ने निर्णय गरेको हो ।
निर्वाचन बिथोल्ने गरी राजपाले हिंसात्मक संघर्ष गर्न थालेपछि उम्मेदवार मनोनयन गर्ने अघिल्लो दिन बिहिबार दुई नम्बर प्रदेशको निर्वाचन सार्ने निर्णय गरिएको छ । बैठकमा सहभागी गृहमन्त्री जनाद्र्न शर्माका अनुसार दुई नम्बर प्रदेश बाहेक अन्य प्रदेशको निर्वाचन असार १४ गते नै हुनेछ । ‘दुई नम्बर प्रदेशको निर्वाचन कहिले गर्ने भन्ने मिति तोकिएको छैन ।’ दुई नम्बर प्रदेशको निर्वाचन सार्ने राजनीतिक दलहरुको निर्णयका बारेमा सरकार र निर्वाचन आयोग वीच अपरान्ह ३ बजे बैठक हुँदैछ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार दुई नम्बर प्रदेश बाहेक एक,पाँच र सात नम्बर प्रदेशमा असार १४ गते नै निर्वाचन हुनेछ । 




सम्बन्धित समाचार


error: Content is protected !!