गृहमन्त्रीको चेतावनी : सोर्सफोर्स लिएर आउनेलाई कारबाही गर्छु

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले आफ्नो कार्यकालमा सोर्सफोर्स लिएर आउनेलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
प्रहरी संगठनमा सरुवा बढुवाका लागि राजनीतिक दलका नेताको घरमा दौडधुप गर्ने परम्परा रहेको भन्दै आफुकहा सोर्सफार्स लिएर आउने कारवाही गर्ने चेतावनी दिनुभएको छ ।
मन्त्री शर्माले गृहमन्त्रालयमा आफुले राजनीतिक हस्तक्षेप गर्न नभई राजनीतिक नेतृत्व गर्न मन्त्रालयमा आएको बताउनुभयो ।
प्रहरी संगठनलाई चुस्तदुरुस्त बनाउने आफनो प्रमुख प्रथामिकता भएको भन्दै उहाले आफ्नो कार्यकालमा सिपाहीहरुको मनोबल वृद्धिका लागि छिट्टै्र नया“ कार्यक्रम ल्याउने बताउनुभयो ।
मन्त्री शर्माले तोकिएको समयमा निर्वाचन गर्नुको विकल्प नभएको बताउनुभयो ।उहा“ले शन्तिपुर्ण, भयरहित वातावरणमा मदताताले मतदान गर्ने वातावरणका लागि सबै राजनीतिक दल मिल्नुको विकल्प नरहेको बताउनुभयो ।







