कर्णाली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ११, १७ घाईते

 दैलेख  । दैलेखको आठबिस नगरपालिका–४ नैनाल सडक खण्डमा भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य १७ यात्रु घाइते भएका छन् । कालिकोटको जितेगडाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जा“दै गरेको ना४ख २९९८ नम्बरको बस दिउसो करिब ३ बजे कर्णाली नदीमा खसेको हो । मृत्यु हुनेमा एक बालिका, सात पुरुष र दुई महिला रहेको घटनास्थलमा खटिनुभएका प्रहरी नायब निरीक्षक ढोरबहादुर बुढाथोकीले जानकारी दिनुभयो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र लैजान तयारी भइरहेको बुढाथोकीले जानकारी दिए ।





error: Content is protected !!