नवनिवार्चित जनप्रतिनिधिलाई सम्मान

जाजरकोट । जाजरकोट जिल्लाका ७ वटा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जिल्ला समन्वय समिति जाजरकोटले सम्मान गरेको छ । सदरमुकाम खलंगामा जिल्ला समन्वय समिति जाजरकोटले आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
उक्त सम्मान कार्यक्रममा त्रिवेणी नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावल, छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतारा, उपप्रमुख सरिता वली, शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाही, उपाध्यक्ष कुमारी थापा, जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण केसी, कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, उपाध्यक्ष रामछायाँ शाही, र बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह र उपाध्यक्ष ओमा शाही सम्मानीत भएको जिल्ला समन्वय समिति जाजरकोटले जनाएको छ ।

त्यसैगरी त्रिवेणी नलगाड नगरपालिकाका उपप्रमुख बालकुमारी बस्नेत, भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती मगर (सी.पी.) उपप्रमुख भावना भण्डारी, जुनीचाँदे गाउँपालिकाका उपाध्यक्ष शिवा आचार्य काम विशेषले सो सम्मानीत कार्यक्रममा उपस्थित हुन सकेन्न् ।
जिल्ला समन्वय समिति जाजरकोटले आइतबार सदरमुकाम खलंगामा आयोजना गरेको सम्मान कार्यक्रममा स्थानीय विकास अधिकारी रुदप्रसाद्र पण्डितले नवनिर्वाचित जनप्रतिनिधिलाई फूलमाला, टिका लगाएर अनि खादा ओडाएर सम्मान गरेका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!