टालेगाउँमा जनप्रतिनीधिवाट खानेपानी तथा सरसफाई आयोजनाको शिलन्यास

दीपबहादुर घर्ती
जाजरकोट  । टालेगाउँमा शुक्रवार स्थानिय तहका जननिर्वाचित प्रतिनीधिवाट खानेपानी तथा सरसफाई आयोजनाको सिलन्यास गरिएको छ । खानेपानी आयोजनाको ईन्टेकको जगमा ढुङगा विच्छ्याएर जनप्रतिनीधिवाट सिलन्यास गरिएको हो ।

ग्रामिण खानेपानी तथा सरसफाई कोषको आर्थिक सहयोगमा ग्रामिण विकास केन्द्र (रुडेक) नेपालको प्राविधिक सहयोगमा सञ्चालित कुशे गाउँपालीका–२ तितेपातल–चाख्लेपाखा खानेपानी तथा सरसफाई आयोजनाको सिलन्यास कुशे गाउँपालीका–२ कि वडा सदस्य अम्बीका सिंहले गरेको रुडेक नेपालकी सरसफाई उत्प्रेरक निर्मला थापाले जानकारी दिईन् ।

वडा सदस्यवाट सिलन्यास गरिएको आयोजनाको कुल लागत ३२ लाख, ६५ हजार १ सय ७८ रहेको थापाले वताईन् । उक्त आयोजनाको अनुदानमा २३ लाख ५० हजार ३ सय ८० र श्रमदानमा ८ लाख ७९ हजार ६ सय ९३ रहेको छ थापाले भनिन्–“आयोजनावाट लाभाम्बित घरधुरी संख्या ८२ र ५ सय ८१ जना रहेका छन् ।”

नौ किलो मिटरको दुरीवाट सम्पन्न हुन गईरहेको आयोजनाको अध्यक्ष कालीबहादुर सिंह रहेका छन् । आयोजना आगामी १० महिना भित्रै सम्पन्न गर्ने अध्यक्ष सिंहले जानकारी दिए । उनले यो आयोजनाको सुरु गर्नु पहिला प्रत्येक उपभोक्ताहरुको घरमा फोहर खाड्ल, भाँडा सुकाउने चाँक निर्माण गर्नुको साथै फिल्टरको ब्यबस्था गरि सकेको वताए ।

 





error: Content is protected !!