असार १४ को चुनाव सार्न राजपाको प्रस्ताव, सत्तारुढ दलले गरे ठाडै अस्वीकार

काठमाण्डु– संविधान संसोधन नगरी स्थानीय निर्वाचनमा जान अनकन गरिरहेको राष्ट्रिय जनता पार्टी नेपालले कांग्रेस–माओवादीसँगको बैठकमा निर्वाचन सार्न प्रस्ताव गरेको छ । राजपाले चुनावको मिति सार्न आग्रह गरे पनि सरकार गठबन्धनका दलहरुले भने यसलाई अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदबारमा प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको बैठकमा राजपा नेताहरुले बरु चुनाव सारेर भए पनि संविधान संसोधनमा लाग्नु पर्ने राय राखेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । बैठकपछि उनले भने, ‘उहाँहरुले चुनाव सार्ने कुरा गर्नुभयो तर हामीले मानेनौँ ।’

यसैगरी, बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै का्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुले राजपा नेताहरुलाई चुनावमा जान केही प्राविधिक अफ्ठेरा भए निर्वाचन आयोगसँग कुराकानी गरेर मिलाउन सकिने तर चुनाव सार्न नसिकने कुरा गरेको बताए । उनले भने, ‘उहाँहरुसँग भोलि पनि कुराकानी हुन्छ ।’

 




सम्बन्धित समाचार


error: Content is protected !!