एउटै पार्टी दुई ठाउँमा एकीकरण

काठमाडौ जेठ २६ – राजनीतिमा कहिले काही यस्तो पनि हुँदो रहेछ । एउटै पार्टी दुई ठाउँमा एकीकरण हुँदैछन् ।

अलिन झा नेतृत्वको नेपाल सद्भावना पार्टीसहित छ दल मिलेर बैशाख ७ गते राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको छ । भने सोही पार्टीलाई लिएर आज सरिता गिरीले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गर्न लागेकी हुन् ।

अलिन झाको तत्कालिन संघीय सद्भावन पार्टी र सरिता गिरीको नेपाल सद्भावन पार्टीबीच २०७१ फागुन १८ गते एकीकरण भएको थियो । एकीकृत पार्टीको नाम नेपाल सद्भावन पार्टी नै रहन गयो । तर पार्टी एकिकरणको एक वर्ष नबित्दै सो पार्टीमा विवाद शुरु भएको थियो ।


२०७२ असोज २५ गते नेतृ गिरीले आफ्नो फेसबुकमा स्टाट्स लेखेर पार्टीबाट राजीनामा दिएको घोषणा गरेकी थिइन्् । राजीनामा दिएपछि उनलाई सो राजीनामा फिर्ता लिन धेरै पटक आग्रह गरिएको थियो तर नमाने पछि २०७२ पुस २२ गते गिरीको राजीनामा स्वीकृत भएको थियो ।

जब अध्यक्ष झाले जनकपुरमा यस पार्टीको महाधिवेश गर्ने निर्णय गरेपछि गिरीले पार्टी फिर्ता चाहियो भनि दवाव दिन थालेकी थिइन् । स्रोत भन्छन्, गिरीले अनिल झासँग रकम लिएर पार्टी एकीकरण गरेके थिइन् त्यही भएर अनिल झाले कुनै पनि हालतमा पार्टी फिर्ता नदिने अडान लिएर बसेका थिए ।

गिरीले त्यो बेला आफ्नो पार्टी फिर्ता मागेकी थिइन्, जुनबेला श्याम सुन्दर गुप्ता जेलबाट रिहाय भएका थिए । श्यामसुन्दर गुप्ताले पार्टी एकीकरणका लागि लोभलालच दिएपछि उनी अनिल झासँग छुटिएर गुप्तासँग एकीकरण गर्न दाउमा थिइन् तर अलिन झाले पार्टी दिन नमानेपछि गिरीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । त्यतिबेलै गुप्ता पुनः समातिएपछि गिरी शान्त भएकी थिइन् ।

सर्वोच्चमा मुद्दा चलेपनि निर्वाचन आयोगले पार्टीको मान्यता अनिल झालाई नै दिएको थियो । त्यही पार्टीलाई लिएर अनिल झा वैशाख ७ गते राजपा नेपाल बनाएपछि उनले वैशाख ८ गते एक विज्ञप्ति जारी गरि सो नेपाल सद्भावना पार्टीले कसैसँग एकीकरण नगरेको स्पष्ट पारेकी थिइन् ।

नेपाल सद्भावना पार्टीको अस्तित्व र पहिचान समाप्त पार्ने गरी एकीकरण भएको भनि विरोध गर्ने गिरीले आज रिर्पोटर्स क्लबमा एक कार्यक्रम गरी फोरम नेपालसँग एकीकरण गर्दैछिन् । स्रोतका अनुसार एकीकरण भएपछि फोरम नेपालकै नाम, पार्टीको झण्डा र चुनाव चिन्ह रहनेछ ।

यस विषयमा नेपाल सद्भावना पार्टी लिएर राजपा गठन गरेका अनिल झासँग जिज्ञासा राख्दा उनले दुई वर्ष पहिले पार्टीबाट राजीनामा दिएसकेकी र सो स्वीकृत पनि भइसकेको अवस्थामा अहिले सोही पार्टी लिएर अरु पार्टीसँग एकीकरण गर्नु अनैतिक र अराजनीतिक कार्य भएको टिप्पणी गरे ।





error: Content is protected !!