को-को बन्दैछन् माओवादीबाट बाँकी मन्त्री ? ६ मन्त्रालयमा दर्जन बढीको दावी

काठमाडौं। बुधबार प्रधानमन्त्री शेर बहादुर देउवाले सपथ लिएसँगै उनले ७ सदस्यिय मन्त्रिमण्डलसमेत गठन गरेका छन् ।

७ सदस्यिय मन्त्रिमण्डलमा कांग्रेस र माओवादीबाट ३–३ र विजयकुमार गच्छदारसहित सहभागी छन् ।

देउवाले गठन गरेको ७ सदस्यिय मन्त्रिमण्डलसँगै करिब मुख्य मन्त्रालयहरुको बाँडफाँडसमेत सकिएको छ । अर्थ, गृह, परराष्ट्र, शिक्षा तथा स्थानीय मन्त्रालयको बाँडफाँड सकिएपनि उर्जा र सूचना संचार र भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय करिब टुंगिन लागेको छ । माओवादीका एक नेताका अनुसार उर्जा माओवादीले लिएर बाँकी दुई मन्त्रालय कांग्रेसले लिनेगरि छलफल चलेको छ ।

मन्त्रालय बाँडफाडबारे गृहकार्य गरिरहेका विमलेन्द्र निधि, रमेश लेखक, कृष्णबहादुर महरा, वर्षमान पुन तथा जनार्दन शर्मासहितको कांग्रेस माओवादीको संयुक्त टिमले ३० मन्त्रालयमा ११ कांग्रेस, ९ माओवादी केन्द्र र बाँकी अन्य साना दलका लागि छुट्याउने सहमति गरेका छन् ।

सहमति अनुसार कांग्रेसबाट ३ र माओवादीबाट तिन मन्त्रीले बुधबार नै पदभार ग्रहण गरिसकेका छन् ।

माओवादीबाट यिनको छ चर्चा
नेकपा माओवादी केन्द्रले पाएको ९ मन्त्रालयमा उपप्रधान तथा परराष्ट्र मन्त्रालयसहित पार्टीको तर्फबाट सरकारको नेतृत्व गरेर कृष्णबहादुर महरा गइसकेका छन् भने उज्यालो नेपालका अभियन्ता जनार्दन शर्मा गृहमन्त्री बनेका छन् । यसैगरी मधेशको प्रतिनिधित्व गर्दै प्रभु शाह विनाविभागिय मन्त्री बनिसकेका छन् ।

बाँकी ६ मन्त्रालयमा झण्डै १ दर्जन बढी माओवादी नेताहरुको दावी रहेको स्रोत बताउँछ । ६ वटा मन्त्रालयमा पनि १ जना महिलाको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने अवस्था छ । महिलाबाट रेखा शर्मा र सीता नेपालीको चर्चा छ ।

बाँकी मन्त्रीहरुमा पुराना र उपल्लो नेताहरु गिरिराजमणी पोखरेल, टोपबहादुर रायमाझी, अग्नी सापकोटा, हितराज पाण्डे, शक्ति बस्नेतलगायतकाले गृहमन्त्रालय र पार्टीका तर्फबाट सरकारको नेतृत्वमा दावी गरेपनि अब बाँकी मन्त्रालयमा दावी गर्छन् या गर्दैनन् खुलेको छैन ।

तर, नेताहरुले विविध कारणले समेट्नपर्ने भन्दै हितराज पाण्डे, गणेशमान पुन, हरिबोल गजुरेल र टेकबहादुर बस्नेत लगायतकाको नाम पनि छलफलमा ल्याउने गरेका छन् ।

कालिकोटका महेन्द्र बहादुर शाही, बर्दीयाका सन्तकुमार चौधरी, बाजुराका कर्ण बहादुर विक, कैलालीका हरि बहादुर ज्ञावली, जुम्लाबाट गोमा कुँवर, गोरखाका कृष्ण धिताल, कास्कीकी तेजकुमारी पौडेल र तनहूँकी आशा कोईराला, सन्तु दराई, रामेछापबाट श्यामकुमार श्रेष्ठ, मोरङबाट शिवकुमार मण्डल, ताप्लेजुङबाट वाङ्दी शेर्पा लगायतका छन् ।

तर यी मध्यबाट १ महिला र १ दलित प्रतिनिधित्व गराउनुपर्ने अवस्थामा माओवादी नेताहरु छन् । साथै एउटा प्रदेशबाट १ जना समेट्नपर्ने अवस्थालाई हेर्दा अघिल्लोपटक पनि छुटेका भनिएका केही माओवादी नेताहरु यसपटक फेरी छुट्ने सम्भावना देखिन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!