शिवालय गाउँपालिकाका अध्यक्ष लाई खूूल्ला पत्र

   आदरणीय अध्यक्ष ज्यु
शिवालय गाउँपालिका जाजरकोट ।
सर्बप्रथमत हार्दिक बधाई एबम शुभकामना।
गत बैशाख ३१ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा म निकटतम प्रतिद्वन्दी उम्मेद्वार र शिवालयको आमनागरिकको हैसियतले केही कुरा यो खुल्ला चिट्ठी मार्फत राख्ने जमर्को गरेको छु, झर्को नमानी पढिदिनुहोला भन्ने आग्रह गर्दछु। सामाजिक संजालहरुमा धेरै साथीहरूले निर्वाचनको बारेमा धेरै नकारात्मक टिका-टिप्पणी गरिराखेको सन्दर्भमा म केहि आग्रह पुर्वाग्रह नराखी शिवालयमा को अगाडी आयो? किन आयो? कसरी आयो? भन्ने तर्ककै बिचबाट गम्भीर चिन्तन मनन गर्दै तपाईंलाई पत्राचार सामाजिक संजाल बाटै भए नि गर्दैछु। निर्वाचनमा प्रतिस्पर्धा हुन्छ । कोही हार्छन कोहि जित्छन यो स्वभाविक प्रकृया हो।नागरिकले मैले भोट दिएको उम्मेदवारले जितोस भन्ने पनि स्वभाविक हो। तर यसो भन्दैगर्दा अर्को पार्टीलाई तथानाम गाली गर्नु अलोकतान्त्रिक व्यवहार हैन र? लोकतन्त्र स्थापनाका खातिर विभिन्न आन्दोलन सघर्ष भए । १७००० नेपालीले ज्यान गुमाउनु पर्यो। हजारौं बालबालिका टुहुरा भए, हजारौं आमाबुवा, छोराछोरी, आफन्त बेपत्ता भए ? यो सब के का लागि? लोकतन्त्र भनेकै सबैको मत अभिमत, सोच र अधिकारको सम्मान गर्नु हो जस्तो लाग्छ। अत: जनताको आगनमा सरकार पुगेको छ। त्यसैगरी शिवालयका आम नागरिकले शान्ति, अमनचयन, शुसासन र समृद्धिको प्रत्याभूति गर्नु नै समग्र शिवालयको जित हुनेछ भन्ने बिश्वास लिएको छु।
शिवालय आफैमा पबित्र भुमी हो। पौराणिक कालमा भगवान शिवले आश्रय लिएको हुनाले शिवालय नाम रहन गएको किवदन्ती पाइन्छ । हाल शिवालय साबिकका ३ वटा गाबिसहरु (सीमा, थालारैकर र जुङाथापाचौर) मिलेर बनेको छ। जिल्लाकै सानो,  भौगोलिक हिसाबले मिलेको, सेवा प्रवाह र बिकास निर्माणका दृष्टिकोणले सहजता होस् भनेर दुरदृस्टीका साथ विभिन्न अवरोध बिच सिफारिस भएको सर्बबिदितै छ। सुर्खेत, दैलेख र सल्यान जस्ता जिल्लाहरु संग सिमाना जोडिए पनि हाम्रो बिकास र चेतना निकै पछाडी छ। सबै समस्याहरुका चाङ निराकरण गर्नका लागि स्थानीय सरकारको गठन भएको छ। यतिबेला कुनै आग्रह पुर्वाग्रह नराखी अगाडि बढनुको बिकल्प छैन। त्यसैले शिवालय गाउँपालिकामा मैले देखेका र चाल्नुपर्ने पहलहरु सुझावका रुपम्का बुदागत रुपमा राख्न चाहान्छु।
तपसिल
१. दृढ इच्छाशक्ति नभई परिस्थितिको सामना गर्न सकिन्न ।
२.शिक्षा बिकासको पहिलो खुड्किला हो, अत: खस्कदै गएको शिक्षा र गैरजिम्मेवारी प्रबृत्तिलाई निरुत्साहित गर्न आबश्यक।
३.सडक-निर्मानाधीन (छेडा- कचाली, बालुवा- बडाकाडा सानिमेला कृषि सडक, स्यापी- आले सडक, मटेला- चिउदुवा थालारैकर, सीमा – राख्मा ताङाचुली, कोर्सीना-टुनिबगर)
नयाँ तत्काल यसैबर्ष सुरु गर्नुपर्ने पर्यटन मार्ग
(छेडा- खनेटा, चिउदुवा, कचाली, चिनेकुम्द बडाकाडा चक्रपथ) आदि।
४. बिधुत :- केन्द्रिय लाइन बिस्तार थालारैकर र जुङाको माथिल्लो भाग सुर्खेतको मटेला सबस्टेशन बाट र सीमा र जुङाको तल्लो भाग छेडाचौर बाट लाइन तानी बिस्तार गर्न सकिन्छ ।साथै गाउपालिका भरी कुनै पनि स्थानमा लघु  जलबिधुत नभएकोले सम्भाबित स्थानमा निर्माण।
५.संचार:- यथासिघ्र नमस्ते टावर,PSTN, रेडियो एफ एम संचालन र सार्नजनिक सस्थाहरुमा free wi fi जोडन पहल गर्ने।
६.गाउँपालिकाको केन्द्र र वडाहरुको केन्द्र ब्यवस्थित र वातावरण मैत्री बनाउने।
७.७५ बर्ष माथिका वृद्ध- बृद्दा र एकल महिलालाई गाउँपालिकाले मासिक रु १०००/ भत्ता थप ।
८.बनफडानी रोकी अब्यबस्थित बसोबास हटाइ बैकल्पिक ब्यबस्था ।
९.प्रत्येक बर्ष उत्कृष्ट १/१ जनालाई डाक्टर /इन्जिनियर पढन छात्रवृत्तिको ब्यवस्था ।
१०. शिवालय गाउँपालिकामा १ प्राबिधिक शिक्षालय स्थापनाका लागि यथासिघ्र पहल।
११. प्रत्येक बर्ष १ गाउँलाई नमुना गाउँका रुपमा विकसित गर्न सकिन्छ।
१२.१ वडा १ उत्पादनलाई जोड ।
१३. स्नातक क्याम्पस स्थापना ।
१४.सास्कृतिक तथा पुरातात्त्विक सम्पदाको सरक्षण तथा सम्बर्द्धनमा आबश्यक बजेट।
१५. सेवाप्रबाह चुस्त दुरुस्त एबम जनमुखी।
१६.अल्पकालिन तथा दिर्घकालिन गुरुयोजना।
१७. बालबालिका भोलिका कर्णधार हुन त्यसैले उनीहरूको शिक्षा,स्वास्थ्य, पोषण र मनोरन्जनमा बिशेष कार्यक्रम संचालन।
१८.सार्वजनिक निर्माणका कार्य दिगो, निर्धारित समय र पारदर्शी बनाउन आवश्यक रणनीति ।
१९. अतिबिपन्न घरधुरी सर्बेक्षण गरि जीवनस्तर उकास्न गरिबी न्युनिकरन कार्यक्रम संचालन।
२०. पर्यटन प्रबर्द्धनका लागि पदमार्ग निर्माण, साथै छेडाबजारलाइ “Fish hub” बनाउने।
२१.गाउँपालिका भित्रका बजारहरुलाइ ब्यवस्थित मापदण्डसहितको बनाउने।
२२.मदिरा र जुवातास नियन्त्रण  शिवालय।
२३.इतिहासमा पछि पारिएका बस्ती, जाति, लिङ्ग र समुदायलाई सेवा सुबिधामा प्राथमिकता ।
२४.१ वडा १ सहकारी खोली “गरीबको साथी सहकारी” अभियान प्रभावकारी रुपमा लिने।
२५.स्वास्थ्य केन्द्रमा दरबन्दी, प्रबिधी र औषधीको ब्यवस्था। आबश्यकताअनुसार १५ शैय्या सम्मको अस्पताल संचालन।
२६.खानेपानीको बिकराल अवस्था रहेकोले तत्कालिन योजना एबम दीर्घकालीन रणनीति अबलम्बन।
२७.सिचाइ अभावका कारण उर्वर भुमी बाझो रहेकोले पानीका श्रोतहरुको सहि सदुपयोग गरि सिचाइ सुबिधा ब्यवस्थित गर्ने।
२८.महिला शसक्तिकरण, आयआर्जन र चेतनामुखी कार्यक्रम संचालन ।
२९. नाङ्गा डाडापाखामा बृक्षारोपण, सडक किनारा एबम सार्बजनिक निकायहरुको वरिपरि रुख रोपी हरित शिवालय बनाउने ।
३०.वातावरण अनुसारका फलफूल, जडिबुटी तथा नगदेबालीमा अनुदानको ब्यवस्था।
३१.खेलमैत्री वातावरणका लागि खेलमैदान, खेलसामग्री ।
३२. विभिन्न क्षेत्रका महत्वपूर्ण योगदान गर्ने ब्यक्ती वा सस्थालाई पुरुस्कारको ब्यवस्था।
३३. भ्रष्टाचारबिरुद्द शून्य सहनशीलताको बिकासलाइ जोड दिने।
३४.तटबन्ध आवश्यक्ताअनुसार।
३५.बैदेशिक रोजगारीबाट फर्केकाबाट सीप,अनुभव लिने कार्यक्रम।
३६.निस्पक्ष न्याय प्रदान।
३७.कर प्रणाली प्रभावकारी ।
३८.प्राकृतिक प्रकोप/जोखिम न्यूनीकरण भौतिक पुर्वाधार तयार गर्न आवश्यक रणनीति ।
३९.शान्ती सुरक्षा चुस्त दुरुस्त ।
त्यसैले अन्तमा यो स्थानीय तहको ऎतिहासिक निर्वाचनमा जसले जसलाई भोट दिए पनि, भोटको सम्मान हुनेछ भन्ने सन्देश दिने र युवा नेतृत्वप्रती नागरिकमा भरोसा दिलाउने कार्यको थालनी हुनेछ भन्दै पुनः सफल नेतृत्वको शुभकामना ।
अहिलेलाई यति नै बाकी तपाइको कामको आधारमा लेखौला।
जयनेपाल।।।
उहीँ तपाईंको शिवालयबासी
खडक बि. सी.




सम्बन्धित समाचार


error: Content is protected !!