आइएसको चेतावनी

मध्य लन्डन घटनाको जिम्मेवारी लिँदै आइएसले थप आक्रमण हुन सक्ने चेतावनी दिएको छ । आइएसले सोमबार लन्डन ब्रिजको फोटोसहित पोस्ट गर्दै बेलायतलगायत अन्य राष्ट्रलाई चेतावनी दिएको हो । आइएस समूहसँग आबद्ध अमाक वेभ पोर्टलमा लन्डन ब्रिज नै ध्वस्त बनाउने धम्की दिएको छ । ‘शनिबार हाम्रा महान् सैनिक सहिद भए, उनीहरूको प्रतिशोध लिन पुनः लन्डनमा आक्रमण हुनेछ,’ अमाक वेभ पोर्टलमा लेखिएको छ ।

अमाक वेभ पोर्टलमा राखिएको लन्डन ब्रिजलाई चारैतिरबाट ‘अग्नि ज्वाला’ देखाइएको छ । त्यसका चारैतिर रगत पोतिएको छ । आइएसले अरबी, अंग्रेजी तथा फ्रेन्च भाषामा इस्लामिक दाजुभाइहरूको सुरक्षा सम्बन्धमा नझुक्ने बताएको छ । सो तस्बिरमा एक व्यक्तिको आधा भाग मात्र देखाइएको छ । उनले बायाँ हातमा लामो चक्कु लिएका छन् ।

आइएसले युरोपमा जिहादी लडाकुहरूले आफ्नै निर्देशनअनुसार काम गरिरहेको जनाएको छ । ‘पेरिस र लन्डनलगायत अन्य युरोपियन सहरमा हाम्रा जिहादी लडाकुहरूले आ–आफ्नो कर्तव्य पालना गरिरहेका छन्,’ अमाक वेभ पोर्टलमार्फत आइएसले भन्यो, ‘अब लन्डनका निवासीहरूको सुरक्षा कसले लिने हो ।





error: Content is protected !!