सांसद नै नभएको व्यक्ति मन्त्री कसरी होला ?

काठमाण्डौँ । जेठ २२ गते एकाविहानै एक अनलाईनले शक्तिवहादुर वस्नेत गृहमन्त्री वन्न र त्यो नभएर श्रीमतीलाई मन्त्री वनाउन दिन रात दौडिएका छन् भन्ने समाचार आयो ।
समाचार लैख्दा हामीले कतिको विचार पुरयाएर लेख्यौँ त्यो एउटा विषय वन्ला तर सांसद नै नभएको व्यक्ति कसरी मन्त्री वन्ला यो चाहि ध्यान दिनुपर्ने कुरा हो कि हाईन ? आम पाठकलाई उल्लु वनाउने भ्रामक समाचार लेख्ने र पत्रकारिताको वदनाम गर्ने यस्ता खालका हरर्कतले हामी पत्रकारिता गर्ने मानिस नै एक पटक ठण्डा दिमाग लगाएर सोच्ने वेला आएको छ । व्यक्तिगत सम्पती र आर्जन नगरेका वस्नेत माओवादी केन्द्र भित्र भद्र स्वभावका व्यक्ति रुपमा स्थापित छन् । यो समाचार प्रति पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले तथ्यहिन समाचार भन्दै खण्डन गरेका छन् ।







