दलित जनप्रतिनिधीलाई आरडिएनको सम्मान

हेमन्त के सी 
जाजरकोट । राष्ट्रिय दलित नेटवर्क जाजरकोटले आईतवार दलित समुदायवाट विजय भएका जनप्रतिनिधीलाई सम्मान गरेको छ । जिल्ला भरिवाट २९ जना उम्मेदवार मध्य ५ ठाउँवाट मात्र जितेका दलित समुदायका वडा अध्यक्षलाई आज यहाँको सदरमुकाममा सम्मान गरिएको हो ।
वडा अध्यक्ष सवै भन्दा वढी नेकपा माओवादी केन्द्रले उठाएको थियो भने मेयरमा नेकपा एमालले एक जनालाई उठाएको थियो । जिल्लाका पाँच ठाउँवाट विजय हुँनेहरुमा छेडागाड नपा १ वाट गोपाल वादी , जुनीचाँदे गाउँपालिका २ वाट रामवहादुर नेपाली , कुशेगाउँपालिका वडा नं १ गोपाल नेपाली , त्रिवेणी नलगाड नपा ९ वाट विष्णु विक र वारेकोट २ वाट कर्ण वहादुर नेपाली रहेका छन् । सवै विजयी अध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश लिलाराज अधिकारीको हातवाट सम्मान पत्र र दोसल्लाह उडाएर सम्मान गरिएको आरडिएनका अध्यक्ष गोपाल नेपालीले वताए । जाजरकोटको कुल जनसंख्यको आधा जनसंख्य दलित समुदाय रहेको भएपनि दलित समुदायाका अधिकांश उम्मेदवार पराजित हुनुपरेको पिडा नेपालीले सुनाए ।
दलितका छोरालाई हामी कसरी नमस्कार भन्ने भन्दै भोट नदिएको गोपाल नेपालीले पिडा सुनाए । चुनावको समयमा जसले जे भनेपनि सहेर वसियो , केही भनेमा भोट नदिने डरका कारण चुपचाप जे भनेपनि सहेर चुनावमा सहभागी भएको गोपालको भनाई छ । संविधानमा जातिय विभेद गर्नेलाई कारवाहीको व्यवस्था भएपनि समाज रुपान्तरण नहुँदा समस्या आएको जिल्ला न्ययाधिश अधिकारीले वताए ।







