पहिलो वैठकले नै वदल्यो राजपत्रमा प्रकाशित केन्द्र

जाजरकोट । दल्ली वा मन्मै भन्दै विवादको भुमरीमा परेको त्रिवेणी नलगाड नगरपालिकाको केन्द्र अन्नत वहुमतको वलमा दल्ली नै सारिएको छ । नेपाल राजपत्रमा मन्मै तोकेर आएको केन्द्र अन्तिमा आएर निर्वार्चित जनप्रतिनिधीको पहिलो वैठकले वहुमत दल्ली केन्द्रको पक्षमा भएको भन्दै राजपत्रको निर्णय उल्ट्याएको छ ।
त्रिवेणी नलगाड नगरपालिकाको केन्द्र मन्मै सवै वडाको केन्द्रमा पर्ने भएपनि वहुमतकोे वलमा दल्ली सारिएको नगरपालिका वडा ८ का वडा अध्यक्ष गोविन्द शाहीले वताउनुभयो । दल्ली भन्दा मन्मै नै विचमा पर्ने भएपनि वहुतम सदस्याको वलमा दल्ली सारिएको शाहीको भनाई छ । केही महिना अघि राजपत्रमा प्रकाशित मन्मै केन्द्रलाई जिल्लामा वसेको दलिय वैठकले समेत सुरक्षाको कारण देखाउदै दल्लीमा सार्ने निर्णय गरेको थियो । नगरपालिकाको जनप्रतिनिधीको पहिलो वैठकले समेत दल्लीमा नै केन्द्र रहने निर्णय गरेपछि यहाँका साविकको रग्दा ,भगवती गाविसका स्थानीयहरु मर्कामा परेका छन् । मन्मै भन्दा दल्ली भगवतीका स्थानीयहरुका लागि ३ घण्टा टाढा पर्दछ । कसैलाई दल्ली केन्द्र निकै नजिक भयो भने कसैलाई आउन र जाँन दुई दिन लाग्ने भयो भगवतीका मोहन वस्नेतले वताए ।
विकास भएको ठाउँमा केन्द्र वनाउदा विकास नभएका ठाउँ पुर्ण वहुमतको वलमा औझेलमा पार्ने काम भयो त्रिवेणी नलगाड नपा ८ का नेकपा माओवादी केन्द्रका नेता नारायण खत्रीले वताउनुभयो । जनतालाई सिंहदरवारको अधिकार गाउँमा आएको भनेपनि अन्यय पुर्ण निर्णयले गर्दा सवैका भावनाहरु नसमेटिएको खत्रीको भनाई छ । नेकपा माओवादी केन्द्रले आफ्नो एजेण्डा पास गरेको अन्य दलको भनाई छ । यत्ता नगरपालिकाका मेयर टेकवहादुर रावलले कसैलाई पनि छुट्याएर काम नगरिने वताउनुभयो ।
हामीले सवैको काम गर्ने हो दल्ली र मन्मैको पक्ष वा विपक्षमा मत व्यक्त नगरौँ रावलले वताउनुभयो । त्यस्तै नरपालिकाको नाम लामो भएको भन्दै नाम छोटो वनाउन समेत केन्द्र संग सिफारिस गरेको रावलले जानकारी दिनुभयो । यो नगरपालिकामा माओवादी केन्द्रले जितेको हो । दल्ली केन्द्र हुने निर्णय गरेसंगै रग्दा र भगवतीका माओवादी कार्यक्रता समेत रुष्ट भएका छन् ।
हेमन्त के सी रासस







