यार्सा व्यवस्थापन निर्देशिका विपरीत बालबालिका यार्सा टिप्न

डोल्पा ,डोल्पा लगायत उच्च हिमाली जिल्लाहरुमा यतिखेर धमाधम वहुमुल्य जडिबुटी यार्सागुम्बा संकलन भईरहेको छ ।
यार्सागुम्बा संकलनका लागि बृद्ध बृद्धा देखि केटा केटी सम्म उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा पाटनमा पुगेकाछन् ।
यार्सागुम्बा भेटाउनु आँखाको कमाल भएकाले पाका मान्छेहरु भन्दा बालबालिकाले धेरै यार्सा भेटाउने भन्दै अभिभाबकहरुले बालबालिका पाटन पु¥याउने गर्दछन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागले यार्सागुम्बा व्यबस्थापन निर्देशिका २०७३ जारी गर्दै १६ बर्ष मुनिका बालबालिकाहरुले यार्सागुम्बा टिप्न रोक लगाएपनि यसको प्रभावकारी प्रयोगभने हुनसकेन् ।
प्रत्येक यस बर्ष पनि डोल्पाका भोक्पा,भाङ्का,सागबारी,कुनास,ग्यालबारा लागयतका पाटनहरु समेत हजारौँ सङ्ख्यामा दुधे देखि १६ बर्ष मुनिका बालबालिका सम्म यार्सागुम्बा संकलनका लागि पुगेकाछन् ।
यता शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका अनुसार १६ बर्ष मुनिका बालबालिकालाई पाटन जान रोक लगाउन अथक प्रयास गरेपनि व्यवाहारिक कठिनाईले रोक्न समस्या भएको बताएतको छ ।
यार्सा पाटन जा“दै गरेका बालबालिकाका अभिभाबक का अनुसार यतिखेर गाउ“ नै सुनसान पारेर सबै पाटनतिर जाने भएकाले बालबालिकालाई धरालो बिना घरमा छोड्न समस्याहुने गरेको बताए ।
“हामिहरुलाई यार्सागुम्बा व्यबस्थापन निर्देशिका विपरित व्यवाहारिक समस्या छ,घरमा ताल्चा मारेर सबै परिवार पाटन जा“दा बालबालिकालाई मात्रै कसको जिम्मा छोड्नु त्रिपुरा सुन्दरी नगरपालिका १ का सुके सार्कीले भन्नुभयो ।
“दुई चार गोटा यार्सागुम्बा भेटाएपनि बच्चा बच्चीले दुई चार हजार कमाउ“छन्,गरिब बालबालिकाहरुको कमाउने सिजन यही हो,आर्थिक हैसियत कमजोर भएका कतिपय बालबालिकाले यार्सागुम्बा टिपेरे आफै बर्षभोरीको पढाई खर्च जुटाउनु पर्छ उहाँले भन्नुभयो“कि सरकारले विपन्न बालबालिका लाई पठाई खर्च व्यवस्थापन गरिदिनुप¥र्यो नत्रभने कसरी हामी बालबालिका यार्सा पाटनमा नलैजाने”सार्कीको भनाई छ । रामचन्द्र न्यौपाने







