गिट्टी कुटेको दुई सय माग्दा पुतला कुटिईन


लक्ष्मण रसाईली । जाजरकोट । गिट्टी कुटेको पैसा माग्दा जाजरकोट त्रिवेणी नलगाड नगरपालिका वडा ३ टट्टाकी पुतला वुढा माथी कुटपिट भएको छ । जिल्लाको भेरी नगरपालिका वडा ३ स्थित न्यू महालक्ष्मी लक्ष्मी कपडा पसलकी मालिक मायादेवि शाहीले वुढा माथि आक्रमण गरेकी हुँन् ।
जेठ १५ गते ठाँटी स्थित शाहीको पसलमा गएर वुढाले गिट्टी कुटेको रु ५ हजार मागेको वताईन् । शाहीले पैसा पछि लैजानु अहिले छैन भनेर वुढालाई जवाफ दिएको थिईन् । अहिले ५ हजार छैन, भनेपनि घरमा खाने एक गेडा अन्न छैन मलाई २ सय रुपैया जति भएपनि दिनु भनेर वुढा शाहीको अगाडी रोएकी थिईन । घरमा खानेकुरा केही नभएपछि रु २ सय मागेर रोएकी वुढा माथी शाहीले मेरो पसलमा आएर रुने , अशुभ भयो अव मेरो व्यापार हुँदैन भनि कपडा नाप्ने मिटरले टाउकोमा हिर्काए पछि वुढा घाईते भई पसल भित्रै ढल्न पुगेकी थिईन् । वेहोस भई लडेकी वुढालाई स्थानीयले जिल्ला स्वास्थ्य कार्यालय मा उपचारका लागि लिएका लिएका थिए । भात खाने चामल ल्याएर आउँछ भनेकी आमा घाईते भएर अस्पतालमा छन् भनेको सुन्दा उनका छोरा,छोरी रुदै अस्पताल गएका थिए । राती भर भोक,भोकै भएका छोरा,छोरीले १६ गते विहान मात्र स्थानीयले किनिदिएको एक पोका चाउचाउँ खाएका थिए ।
यत्ता पुतलालाई धेरै चोट लागेको र यहाँ उपचार हुँदैन भनेर डाक्टरले सल्लाह दिएपछि नेपालगन्ज लिईएको उनका श्रीमान शक्तिवहादुर वुढा वुढाले वताए । पुतला दैनिक गिट्टी कुटेर छोरा,छोरी पाल्ने महिला हँुन् । गिट्टी नकुटे उनको चुलो वल्दैन् । उनका श्रीमान मनवहादुर काठको काम गर्छन् । श्रीमती कुटिएको दीन मनवहादुर त्रिवेणी नलगाड नपा ३ स्थित टट्टा घरमा गएका थिए । आर्थिक अवस्था कम्जोर रहेका वुढा दम्पती काम गरेर दैनिक परिवार पाल्दै आएको छ । काम गरेको पैसा माग्दा उल्टै साहुँद्धारा कुटिनुपर्ने अवस्था निन्दनिय भएको स्थानीयको भनाई छ । पुतलाको उपचारका लागि अहिले आर्थिक समस्या समेत परेको छ । पुतलाको टाउको,ढाडमा गहिरो चोट लागेको छ ।
पुतलाका छोरा,छोरी अहिले अर्काको सरणमा रहेका छन् ।







